सानिमा बैंकद्वारा डिजिटल काउन्टर संचालनमा  « Khabarhub

सानिमा बैंकद्वारा डिजिटल काउन्टर संचालनमा 


१४ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-सानिमा बैंकले डिजिटल काउन्टर संचालनमा ल्याएको छ।

बैंकले साउन १३ गतेदेखि नक्साल स्थित प्रधान कार्यालयमा डिजिटल काउन्टर संचालनमा ल्याएको जनाएको छ।

डिजिटल काउन्टरमार्फत ग्राहकहरुले कारोबार गर्दा चेक बिना नै भुक्तानी प्राप्त गर्न सक्ने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

यसका लागि ग्राहककले मोबाइल बैंकिङ एप सानिमा सजिलो इ-बैंकिङ प्रयोग गरी नक्सालस्थित डिजिटल काउन्टरबाट क्यू आर स्क्यान गरी भुक्तानी लिन सक्ने बैंकले जनाएको छ।

यसबाट ग्राहकले चेकबुक भर्नुपर्ने प्रक्रिया बिना नै पैसा निकाल्न सक्ने छन्। बैंकले हाल नक्सालमा यो सेवा सुरु गरेको र बिस्तारै थप सुविधाहरु बिस्तार गर्ने समेत बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित मिति : १४ श्रावण २०७७, बुधबार  ४ : ४३ बजे

पर्वतमा आधुनिक बाल उद्यान निर्माण

पर्वत- बालबालिकाको शारीरिक तथा मानसिक विकासमा योगदान पुर्‍याउने उद्देश्यले पर्वतमा

प्राङ्गारिक उत्पादनलाई बजारीकरण गर्न बिक्री कक्ष

चितवन- चितवनमा उत्पादित प्राङ्गारिक कृषिजन्य उत्पादनको बजारीकरणका लागि बिक्री कक्ष

मूर्तिको गैरकानुनी निकासी रोकथाम गर्न दुईदिने अभिमुखीकरण

काठमाडौं- पुरातत्व विभागले सांस्कृतिक एवं पुरातात्विक सम्पदाको गैरकानुनी रूपले हुने

युएईद्वारा १११ नेपालीलाई आममाफी

काठमाडौं- संयुक्त अरब इमिरेट्स (युएई) सरकारद्वारा ईद अल–अधा २०२६ का

सिंहदरबारमै ट्राफिक नियमको बेवास्ता, फुटपाथदेखि सडकसम्म जथाभाबी पार्किङ (तस्बिरहरू)

काठमाडौं– सार्वजनिक सडकमा केही मिनेट सवारीसाधन रोके पनि सर्वसाधारणले ट्राफिक