बाजुरामा पहिरोले पुरिएर एक बेपत्ता, दुई घाइते « Khabarhub

बाजुरामा पहिरोले पुरिएर एक बेपत्ता, दुई घाइते


१४ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- लगातारको अविरल वर्षाका कारण आज दिउँसो साँफे-मार्तडी सडकखण्डमा पर्ने अम्कोटको पहिरोमा परी एक जना बेपत्ता भएका छन् भने दुई जना घाइते भएका छन् ।

बेपत्ता हुनेमा बूढीगङ्गा नगरपालिका–१ अम्कोटका स्थानीय २२ वर्षीय धर्मराज तिमिल्सेना रहेका छन् । सोही गाउँका १७ वर्षीया ज्ञानु पाध्याय र १४ वर्षीय हरेन्द्र पाध्याय पहिरोमा परी घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी प्रवक्ता दानबहादुर रोकायाले जानकारी दिए ।

बेपत्ता भएका तिमिल्सेनाको खोजीकार्य भइरहेको छ । घाइते मध्ये ज्ञानु पाध्यायको अवस्था गम्भीर रहेको प्रहरी प्रवक्ता रोकायाले बताए ।

घाइतेको उपचारका लागि अछामको बयालपाटा अस्पतालमा लैजाने तयारी भइरहेको छ । गाई बाख्रा चराउन वनमा गएका उनीहरु पहिरोमा परेका हुन् ।

प्रकाशित मिति : १४ श्रावण २०७७, बुधबार  ८ : ०७ बजे

रातो मच्छिन्द्रनाथको रथ लगनखेल पुर्याइयो

ललितपुर – ललितपुरमा जारी रातो मच्छिन्द्रनाथ जात्राअन्तर्गत आइतबार रथ तानेर

उपत्यकाका चार स्थानमा भत्काइयो अतिक्रमित १२ सय बढी घरटहरा

काठमाडौं – काठमाडौं उपत्यकाका चार स्थानमा सरकारी तथा सार्वजनिक जग्गा

आईपीएल : रिंकू सिंहले जोगाए कोलकाताको ईज्जत, लखनउले पायो १५६ रनको लक्ष्य

कोलकाता – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ अन्तर्गत ३८औँ खेलमा

चट्याङले घर जल्यो, ६ जनाको परिवार विस्थापित

गुल्मी – गुल्मीको धुर्कोट गाउँपालिकामा आज चट्याङका कारण एक घर

बक्स अफिसमा ‘भूत बंगला’को दबदबा, ९ दिनमै कमायो १०० करोड

काठमाडौं – अभिनेता अक्षय कुमार अभिनित फिल्म ‘भूत बंगला’ले बक्स