बाजुरामा पहिरोले पुरिएर एक बेपत्ता, दुई घाइते « Khabarhub

बाजुरामा पहिरोले पुरिएर एक बेपत्ता, दुई घाइते


१४ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- लगातारको अविरल वर्षाका कारण आज दिउँसो साँफे-मार्तडी सडकखण्डमा पर्ने अम्कोटको पहिरोमा परी एक जना बेपत्ता भएका छन् भने दुई जना घाइते भएका छन् ।

बेपत्ता हुनेमा बूढीगङ्गा नगरपालिका–१ अम्कोटका स्थानीय २२ वर्षीय धर्मराज तिमिल्सेना रहेका छन् । सोही गाउँका १७ वर्षीया ज्ञानु पाध्याय र १४ वर्षीय हरेन्द्र पाध्याय पहिरोमा परी घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी प्रवक्ता दानबहादुर रोकायाले जानकारी दिए ।

बेपत्ता भएका तिमिल्सेनाको खोजीकार्य भइरहेको छ । घाइते मध्ये ज्ञानु पाध्यायको अवस्था गम्भीर रहेको प्रहरी प्रवक्ता रोकायाले बताए ।

घाइतेको उपचारका लागि अछामको बयालपाटा अस्पतालमा लैजाने तयारी भइरहेको छ । गाई बाख्रा चराउन वनमा गएका उनीहरु पहिरोमा परेका हुन् ।

प्रकाशित मिति : १४ श्रावण २०७७, बुधबार  ८ : ०७ बजे

‘मैले टिकट किन पाइनँ भन्ने प्रश्नको जवाफ मैसँग छैन’

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूविरुद्ध प्रश्न उठाउँदै

दोलखामा एक निर्वाचन क्षेत्रका लागि ३४ जनाको उम्मेदवारी दर्ता

दोलखा– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

‘मतदान गर्न पाउने अभेद्य अधिकार स्थापित हुने वातावरण बनेको छ’

काठमाडौं– कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आज देशभरका १६५

चुनावको मुखमा एकै दिनलाई पाँच फिल्मको प्रदर्शन तोकियो

काठमाडौं – सामान्य असवस्थामा भए फागुन १ गते फिल्म रिलिजको