पर्वतमा निर्मित विश्वकै अग्लो ‘बञ्जी जम्प’को सफल परीक्षण « Khabarhub

पर्वतमा निर्मित विश्वकै अग्लो ‘बञ्जी जम्प’को सफल परीक्षण


१६ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्वत- पर्वतको कुस्माबजार नजिक हुँदै बग्ने कालीगण्डकी नदीमाथि बनेको विश्वकै अग्लो बञ्जीजम्पको सफल परीक्षण भएको छ ।

पर्वतको सदरमुकाम कुश्माबजारदेखि छिमेकी जिल्ला बागलुङको बागलुङ नगरपालिकाको बलेवा जोड्ने गरी कालीगण्डकीमाथि निर्माण भएको पुलबाट २२८ मिटर अग्लो बञ्जीजम्पको श्रीपञ्चमीको शुभसाईतमा बिहीबार सफल परीक्षण गरिएको हो ।

द क्लिफ नेपाल प्रालिले सञ्चालन गरेको बञ्जीमा यसअघि ड्रम पठाएर परीक्षण गरिँदै आएकामा बिहीबार मानिसले नै पहिलोपटक परीक्षण गरेका छन् । बञ्जीका सञ्चालक राजु कार्कीले बञ्जी गरेर परीक्षण गर्नुभएको हो । बञ्जीजम्प बढी उचाइका कारण बढी रोमाञ्च भएको कार्कीले बताए ।

भोटेकोशी बञ्जी जम्पमा लामो समय काम गर्नुभएका कार्कीले उचाई बढी र फराकिलो क्षेत्र भएका कारण कालीगण्डकीमा बञ्जी गर्नुको बेग्दै आनन्द प्राप्त भएको अनुभव सुनाए । कम्पनीले व्यावसायिक रुपमा बञ्जीजम्प खेलाउने काम भने नयाँ वर्षबाट गर्ने भएको छ ।

“केही कामहरु बाँकी रहेका कारण व्यावसायिक रुपमा जम्प गराउने काम नयाँ वर्षबाट मात्रै गछौँ”, सञ्चालक कार्कीले भने । प्राकृतिक पुलमा निर्माण भएको विश्वकै अग्लो बञ्जीजम्प भएको दाबी सञ्चालकको छ ।

मकाउमा दुई वटा घरका बिचमा गरिने बञ्जीलाई विश्वकै अग्लो मानिएको छ । कालीगण्डकी माथि ५२० मिटर लामो र २२८ मिटर उचाइको सिङ्गल स्पान झोङ्गगे पुल विश्वकै अग्लो र साहसिक पैदलयात्री पुल हो ।

यो पुलमा बनेको सबैभन्दा अग्लो बञ्जीजम्प, विश्वकै अग्लो लठ्ठामा खेलिने पिङ्ग (स्विङ्ग), विश्वकै अग्लो र नेपालकै एकमात्र तारमा खेलिने (स्काई साइक्लिङ) सञ्चालन गरिँदै छ ।

कालीगण्डकी पारी बलेवामा सुविधा सम्पन्न रिर्सोट निर्माणको काम भइरहेको छ बञ्जीजम्पमा आउने पर्यटकलाई ध्यानमा राखेर बागलुङको बलेवामा २५ रोपनी क्षेत्रफल जग्गामा ग्ल्याम्पिङ्ग रिसोर्ट सञ्चालनको लागि संरचना निर्माण काम भइरहेको छ ।

रिर्सोटमा सबै जसो कोठाहरु टेन्टबाट बनाइँदै छ । टेण्टबाट सबै बाहिरी दृश्य देखिने गरी निर्माण भइरहेको छ । १० वटा डिलक्स र १० वटा स्टान्र्डड टेण्ट बनाइएको छ । जसमा ६० जनासम्म पर्यटक बस्न सक्छन, खुल्ला चौरमा बस्नका लागि टेण्टहरु राख्ने र त्यसरी ३०० जनासम्म राख्न सकिने कार्कीको भनाइ छ ।

करिब २० करोडमा रिर्सोटसहितका संरचना सम्पन्न गर्ने लक्ष्य राखिएको सञ्चालक कार्कीले बताए । साहसिक पर्यटनमा रुचि राख्ने पर्यटकलाई लक्ष्यित गरी बनाइएको बञ्जीजम्प पर्वतको चिनारी हुने विश्वास लिइएको छ ।

यो पनि पढौं

‘बन्जी जम्प’ नजिकै भीरमा बनाइएको पिङ सामाजिक सञ्जालमा भाइरल

प्रकाशित मिति : १६ माघ २०७६, बिहीबार  १० : १५ बजे

एमालेले आज चुनावी घोषणापत्र सार्वजनिक गर्दै

काठमाडौं– नेकपा एमालेले आज चुनावी घोषणापत्र सार्वजनिक गर्दैछ । यही

सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

काठमाडौं – बुधबार राति सर्लाहीको ईश्वरपुरमा भएको दुर्घटनामा दुई जनाको

राष्ट्र निर्माणका निम्ति एकजुट बन्न प्रधानमन्त्रीको आग्रह

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले ७६औँ प्रजातन्त्र दिवसका अवसरमा सम्पूर्ण नेपाली

उपराष्ट्रपति यादवद्वारा प्रजातन्त्र दिवसको शुभकामना

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले प्रजातन्त्र दिवसका अवसरमा स्वदेश तथा विदेशमा

एआई प्रयोग गरेर भ्रामक सूचना नदिन प्रहरीको अनुरोध

काठमाडौं – जिल्ला प्रहरी परिसर काठमाडौंले एआईको प्रयोग गरेर सामाजिक