बंगलादेशका रक्षा सचिव चौधरीको कोरोना भाइरसको संक्रमणले मृत्यु « Khabarhub

बंगलादेशका रक्षा सचिव चौधरीको कोरोना भाइरसको संक्रमणले मृत्यु


१६ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बंगलादेशका रक्षा सचिव अब्दुल्लाह अल मोहसीन चौधरीको कोरोना भाइरसको संक्रमणले मृत्यु भएको छ ।

कोरोनाकै कारण स्थानीय समय अनुसार सोमबार विहान ९.३० बजे मृत्यु भएको सरकारी अधिकारीहरुले पुष्टि गरेका छन् ।

बंगलादेशको रक्षा मन्त्रालयका प्रशासनिक अधिकृत मोहम्मद भसानी मिर्जाले उनको उपचारकै क्रममा निधन भएको जानकारी दिए ।

उनलाई ढाकामा रहेको संयुक्त सैनिक अस्पतालमा उपचारका लागि भर्ना गरिएकोमा जुन ६ मा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको थियो ।

स्वास्थ्यमा सुधार नआएपछि उनलाई यही जुन १८ मा अतिसघन कक्षमा राखेर उपचार गराइएकोमा सोही क्रममा मृत्यु भएको बताइएको छ ।

प्रकाशित मिति : १६ असार २०७७, मंगलबार  ९ : ४७ बजे

सुनसरीमा कर्फ्यु हट्यो, निषेधाज्ञा यथावत

सुनसरी– जिल्ला प्रशासन कार्यालय सुनसरीले यही साउन १२ गतेदेखि जिल्लाका

रुइला र ङुइला नाका खुलेपछि स्थानीय हर्षित

काठमाडौँ– चीनको स्वशासित क्षेत्र सिजाङ (तिब्बत)सँग जोडिएका रुइला र ङुइला

दुबईस्थित नेपाली महावाणिज्यदूतावासको सेवा प्रभावकारिताबारे छलफल

दुबई– संयुक्त अरब इमिरेट्स (युएई) को दुबईस्थित नेपालको महावाणिज्यदूतावासले सेवा

निजी लगानीकर्तालाई शेयर बेच्ने फिफाको योजना रद्द

काठमाडौँ– विश्व फुटबलको सर्वोच्च निकाय फिफाले विश्वकप र आफ्ना प्रमुख

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको बैठक