त्रिशूलीमा मालबाहक कन्टेनर खस्यो, चालक घाइते « Khabarhub

त्रिशूलीमा मालबाहक कन्टेनर खस्यो, चालक घाइते


१५ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- विराटनगरबाट काठमाडौँका लागि छुटेको मालबाहक कन्टेनर इच्छाकामना गाउँपालिका–५ नाग्दीखोला नजिकबाट त्रिशूली नदीमा खसेर आज विहान वेपत्ता भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार  ना ३ ख ८९८७ नम्बरको कन्टेनर  र काठमाडौँबाट नारायणगढतर्फ आउँदै गरेको ना ६ ख ५६८७ नम्बरको ट्रक एकापसमा सो स्थानमा ठक्कर खाँदा बिहान पौने ९ बजेतिर कन्टेनर त्रिशूलीमा खसेको हो ।

गाडीका चालक सिन्धुपाल्चोक बाह्रबिसे ३ का ३५ बर्षीय राजेन्द्र बस्नेत हाम्फालेर बाँच्न सफल भएका छन् भने गाडी पुर्णरुपमा त्रिशुलीमा डुबेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

बस्नेत सामान्य घाइते भएका छन् । प्रहरीका अनुसार उनको हाइवे हस्पिटल मुग्लिनमा उपचार भइरहेको छ ।  कन्टेनरमा भाटभटेनी सुपरमार्केटको सामान रहेको जनाइएको छ ।

बेपत्ता कन्टेनरको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए । – रासस ।

प्रकाशित मिति : १५ श्रावण २०७७, बिहीबार  ९ : ५९ बजे

पर्वतमा आधुनिक बाल उद्यान निर्माण

पर्वत- बालबालिकाको शारीरिक तथा मानसिक विकासमा योगदान पुर्‍याउने उद्देश्यले पर्वतमा

प्राङ्गारिक उत्पादनलाई बजारीकरण गर्न बिक्री कक्ष

चितवन- चितवनमा उत्पादित प्राङ्गारिक कृषिजन्य उत्पादनको बजारीकरणका लागि बिक्री कक्ष

मूर्तिको गैरकानुनी निकासी रोकथाम गर्न दुईदिने अभिमुखीकरण

काठमाडौं- पुरातत्व विभागले सांस्कृतिक एवं पुरातात्विक सम्पदाको गैरकानुनी रूपले हुने

युएईद्वारा १११ नेपालीलाई आममाफी

काठमाडौं- संयुक्त अरब इमिरेट्स (युएई) सरकारद्वारा ईद अल–अधा २०२६ का

सिंहदरबारमै ट्राफिक नियमको बेवास्ता, फुटपाथदेखि सडकसम्म जथाभाबी पार्किङ (तस्बिरहरू)

काठमाडौं– सार्वजनिक सडकमा केही मिनेट सवारीसाधन रोके पनि सर्वसाधारणले ट्राफिक