आन्तरिक राजस्व कार्यालय नेपालगञ्जका कर्मचारीसहित ३६ जनामा कोरोना पुष्टि « Khabarhub

आन्तरिक राजस्व कार्यालय नेपालगञ्जका कर्मचारीसहित ३६ जनामा कोरोना पुष्टि


१५ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भेरी अस्पताल नेपालगंजमा गरिएको परीक्षणमा थप ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

अस्पतालले एक विज्ञप्ति मार्फत थप ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो ।

नयाँ थपिएका संक्रमित मध्ये एकजना क्वारेन्टाइनमा आत्महत्या गरेका बर्दियाका ३४ वर्षका पुरुष समेत रहेका छन् ।

यस्तै अन्य ११ जना संक्रमितहरु आन्तरिक राजस्व कार्यालय नेपालगञ्जमा कार्यारत कर्मचारी तथा त्यहा सेवा लिन आएका कर्मचारी रहेका छन् ।

नयाँ थपिएका संक्रमित मध्ये २० जना बाँके, ८ जना बर्दिया, २ जना सुर्खेत, एकजना प्युठान, एकजना अर्घाखाँची, एकजना कञ्चनपुर, एकजना सर्लाही र २ जना दाङका छन् । उनीहरु मध्ये ९ जना महिला र अन्य पुरुष छन् ।

प्रकाशित मिति : १५ श्रावण २०७७, बिहीबार  २ : ३३ बजे

फागुन ४ देखि १८ गतेसम्म चुनाव प्रचार–प्रसार गर्न पाइने

काठमाडौं– निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले फागुन

कांग्रेसका उम्मेदवारबारे देउवा पक्षको गुनासो : गगनले पुराना नेताहरूको अपमान गरे

काठमाडौं– नेपाली कांग्रेसको संसदीय बोर्डको बैठकले १६५ वटै क्षेत्रमा उम्मेदवार

रास्वपाद्वारा १६४ स्थानमा उम्मेदवारी दर्ता

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा सदस्यको लागि प्रत्यक्षतर्फ देशभरका

भोटको भारीले विपक्षीलाई हराएकाहरू यसपटक पनि मैदानमा

काठमाडौं – जेन–जी आन्दोलनका कारण आधा कार्यकालमै विघटन भएपछि प्रतिनिधि