संक्रमित भएकै क्षेत्रमा नमूना परीक्षण | Khabarhub Khabarhub

संक्रमित भएकै क्षेत्रमा नमूना परीक्षण


१५ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँ उपत्यकामा कोभिड–१९को सङ्क्रमण बढेसँगै परीक्षणको दायरा पनि बढाइएको छ । लकडाउन खुलेसँगै बाहिरबाट भित्रने मानिस र उपत्यकामा पनि भीडभाड बढेसँगै उपत्यकामा दैनिक संक्रमित फेला परिरहेका छन् ।

दैनिक संक्रमित फेला पर्न थालेपछि जहाँ संक्रमित देखिएका छन् त्यही गएर नमूना सङ्कलनको कार्यलाई इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले तीव्रता दिएको छ ।

महाशाखाले पहिले उपत्यकामा समुदायस्तरमा सङ्क्रमण फैलिएको छ वा छैन भनेर परीक्षण गरेकोमा अहिले जुन ठाउँमा संक्रमित देखिएका छन् त्यहीँ ठाउँमा गएर नमूना सङ्कलन गरिने महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले जानकारी दिए ।

उपत्यकामा अहिलेसम्म ५७३ जनामा सङ्क्रमण देखिएको छ । साउन १४ गते (बुधबार) २०, साउन १३ गते ५९ र साउन १२ गते ७ जनामा सङ्क्रमण देखिएको छ । नेपाली सेनामा ७९, नेपाल प्रहरी २०६ र सशस्त्र प्रहरीमा ९३ जनामा सङ्क्रमण देखिएको छ ।

यसअघि उपत्यकामा कोभिड–१९ को सङ्क्रमण समुदायमा छ वा छैन भनेर पाँच हजार जनामा परीक्षण गर्दा तीन जनामा मात्र सङ्क्रमण देखिएको थियो । उनका अनुसार संक्रमित भेटिएका ठाउँमा गई परीक्षणका लागि नमूना सङ्कलन गरिन थालेको बताए ।

“पहिले समुदायमा सङ्क्रमण छ भनेर भीडभाड हुने कार्यालयमा गएर परीक्षण गरेका थियौँ, तर त्यतिबेला परीक्षण गर्दा न्यून मानिसमा सङ्क्रमण थियो”, उनले भने, ‘‘अहिले परीक्षण गर्दा हामीले जुन ठाउँमा संक्रमित फेला पर्दछन्, सोही ठाउँमा गएर कन्टयाक्ट ट्रेसिङ गरेर बढी भन्दा बढी संक्रमितका नजिकमा मानिसको नमूना परीक्षणका लागि स्वाव सङ्कलन गर्न थालेका छौ ।”

महाशाखाले आज ज्ञानेश्वर र मैतीदेवी क्षेत्रका २०० जना र तिलगङ्गा आँखा अस्पतालका २० जना स्वास्थ्यकर्मीको नमूना सङ्कलन गर्न लागेको महाशाखाका वरिष्ठ जनस्वास्थ्य प्रशासक महेन्द्रध्वज अधिकारीले जानकारी दिए ।

उनले तिलगङ्गामा उपचार गराउन आएका एक जना बिरामीमा सङ्क्रमण भेटिएपछि ती संक्रमितको कन्टयाक्ट ट्रेसिङ गर्दा उक्त ठाउँका मानिसमा परीक्षणका लागि नमूना सङ्कलन गर्न थालिएको बताए ।

बुधबार कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्रले सिंहदरबारभित्र फोहर सङ्कलन र चमेना गृहमा खटिने ५०८ जना कर्मचारीको नमूना सङ्कलन गरेको थियो ।

यस्तै शुक्रबार कालीमाटीस्थित तरकारी बजारमा तरकारी पसलमा काम गर्ने १०५ कर्मचारीको परीक्षणका लागि नमूना सङ्कलन गरिने छ ।

नमूना परीक्षणका लागि निवेदन

उपत्यकामा रहेको सरकारी र गैरसरकारी संस्थाले नमूना परीक्षणका लागि महाशाखामा निवेदन दिने गरेका छन् । महाशाखाका वरिष्ठ जनस्वास्थ्य प्रशासक अधिकारीले २० भन्दा बढी सङ्घ संस्थाले आफ्ना कर्मचारीको नमूना परीक्षणका लागि निवेदन दिएको बताए ।

उनका अनुसार सरकारी कार्यालय, बैंक, खेलकूद सङ्घ, उद्योग प्रतिष्ठानले परीक्षणका लागि निवेदन दिएका छन् । अहिले २९ प्रयोगशालाबाट तीन लाख ५८ हजार ३४४ जनाको नमूना परीक्षण गरिएको छ ।

अहिलेसम्म नेपालमा १९ हजार २७३ जना संक्रमित रहेकोमा १४ हजार २१ जना पूर्ण रुपमा निको भइसकेका छन् भने सक्रिय संक्रमितको सङ्ख्या पाँच हजार २०३ रहेको छ ।

प्रकाशित मिति : १५ श्रावण २०७७, बिहीबार  ३ : १० बजे

नारायणघाट-बुटवल सडकखण्ड राति १० घण्टा बन्द हुने

नवलपुर– पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट बुटवल सडकखण्ड आजदेखि रातिमा १० घण्टा

रास्वपाले गर्‍यो स्व पत्रकार रजकको परिवारलाई आर्थिक सहयोग

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले तीनकुने घटनामा निधन भएका पत्रकार

संसद्‍मा रास्वपाको अवरोधबीच मन्त्रालयअन्तर्गत विनियोजन बजेटमाथि छलफल

 काठमाडौं– प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अवरोधका बीच प्रतिनिधिसभाको

काठमाडौं उपत्यकामा दैनिक मेलम्चीको पानी : मन्त्री यादव

काठमाडौं– खानेपानी मन्त्री प्रदीप यादवले काठमाडौं उपत्यकामा चौबीसै घण्टा स्वच्छ

सुर्खेतमा रास्वपाले जनताको हस्ताक्षर संकलन गर्दै 

सुर्खेत–  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो तेस्रो स्थापना दिवसका अवसरमा