कञ्चनपुरका तत्कालीन एसपी विष्टसहित आठ प्रहरीलाई सफाइ « Khabarhub

कञ्चनपुरका तत्कालीन एसपी विष्टसहित आठ प्रहरीलाई सफाइ


१५ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– दुई वर्षअघि कञ्चनपुरमा भएको निर्मला पन्त बलात्कार तथा हत्या प्रकरणको अनुसन्धानमा यातना दिएको तथा प्रमाण नष्ट गरेको आरोपमा निलम्बित प्रहरी उपरीक्षक (एसपी) दिल्लीराज विष्ट सहित आठ जना प्रहरीले सफाइ पाएका छन् ।

जिल्ला अदालत कञ्चनपुरका न्यायाधीश गोपालप्रसाद बाँस्तोलाको इजलाशले आज सफाइ दिएको छ ।

सफाइ पाउनेमा प्रहरी नायब उपरीक्षक (डिइसपी) अंगुर जिसी, अर्का डिएसपी ज्ञानेन्द्रबहादुर सेट्ठी, प्रहरी निरीक्षक (इन्स्पेक्टर) एकेन्द्र खड्का, जवान चाँदनी साउद, हरिसिंह धामी, जगदीश भट्ट र रामसिंह धामी छन् ।

निर्मलाको दुई वर्षअघि साउन १० गते बलात्कारपछि हत्या भएको थियो ।

प्रकाशित मिति : १५ श्रावण २०७७, बिहीबार  ४ : ०३ बजे

संघीय कृषि बजारको दैनिक थोक मूल्य अब मोबाइलबाटै थाहा पाइने

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले कृषकलाई कृषि उपजको

देवानगञ्जको तनाव दुई घण्टापछि आयो नियन्त्रणमा

काठमाडौँ। सुनसरीको देवानगन्ज बजारमा भएको झडप नियन्त्रणमा आएको छ ।

सुनसरी घटनाबारे गगन थापा : उत्तेजनामा हैन, गम्भीर भएर सोचौँ र हामी सबै जिम्मेवार बनौँ

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरी घटनाबारे संयम

सुनसरी घटनाबारे छलफल गर्न रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेले सुनसरीमा भएको घटनाबारे छलफल

लुम्बिनीमा सवारी दुर्घटनाबाट एक वर्षमै ५८५ को मृत्यु, ८ हजार ५८ जना घाइते

लुम्बिनी । गत आर्थिक वर्ष २०८२/८३ मा लुम्बिनी प्रदेशका १२