स्वामी विवेकानन्द कल्चरल सेन्टरद्वारा साउन-१५ को शुभकामना « Khabarhub

स्वामी विवेकानन्द कल्चरल सेन्टरद्वारा साउन-१५ को शुभकामना


१५ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्वामी विवेकानन्द कल्चरल सेन्टर, भारतीय दूतावास काठमाडौंले साउन १५ अर्थात खिर दिवसको शुभकामना प्रदान गरेको छ ।

कल्चरल सेन्टरले सामाजिक सञ्जाल ट्वीटर मार्फत सम्पूर्ण नेपालीहरुमा शुभकामना प्रदान गरेको हो ।

उसले सामाजिक सञ्जालमा ट्वीटरमा लेखेको छ- “सबै नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूलाई श्रावण १५ अर्थात् खीर खाने दिनको शुभकामना !”

नेपालमा हरेक साउन १५ मा खीर खाने चलन रहँदै आएको छ । विज्ञहरूले खीरलाई सांस्कृतिक पर्वको परिकारसँगै औषधीय गुण भएको परिकारको रूपमा समेत अर्थ्याउने गरेका छन् ।

रोग प्रतिरोधात्मक क्षमता बढाउनमा खिर उपयोगी भएको मानिन्छ भने गोठधुप, देव र पितृ कार्यमा पनि खीर पाक्ने हुँदा यसको सांस्कृतिक महत्वसमेत रहँदै आएको छ ।

धार्मिक रुपमा खीरलाई पवित्र भोजन मानिन्छ । खीरमा ल्वाङ, घ्यू, काजु, नरिवलका टुक्रा, दालचिनी, मरिच, केसर, दाख राखेर बनाइँदा यसमा औषधीय गुण हुने विज्ञहरू बताउँछन् ।

कल्चरल सेन्टरले नेपाल-भारतबीच रहेको धार्मिक तथा सांस्कृतिक महत्वलाई उजागर गर्ने कामलाई बढवा दिँदै आएको  छ ।

स्वामी विवेकानन्द कल्चरल सेन्टरले  नेपालमा योगा, तबला, गायन र भरतनाट्यम नाच लगायतको प्रशिक्षण समेत दिने गरेको छ ।

प्रकाशित मिति : १५ श्रावण २०७७, बिहीबार  ६ : ३५ बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह