वीरगञ्जका मेयर विजय सरावगीलाई कोरोना संक्रमण पुष्टि « Khabarhub

वीरगञ्जका मेयर विजय सरावगीलाई कोरोना संक्रमण पुष्टि


१५ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- वीरगञ्जका मेयर विजय सरावगीलाई कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि काठमाडौं आएका उनको स्वाब परीक्षण गर्दा कोरोना पुष्टि भएको हो ।

बिहीबार उनको रिपोर्ट पोजेटिभ देखिएको हो। उनी हाल आफ्नै निवास टंगालमा होम आइसोलेसनमा बसिरहेको उनका प्रेस सल्लाहकार गोविन्द देवकोटाले जानकारी दिए।

सरावगीले आफ्नो फेसबुकमा पनि आफू संक्रमित भएको जानकारी गराएका छन्।

उनले फेसबुकमा नागरिकको सेवामा जुटिरहँदा आफूलाई संक्रमण भएको भन्दै सचेत रहन आग्रह पनि गरेका छन्।

उनले अब कोरोना नियन्त्रण स्थानीय सरकारको पहलले मात्र नहुने भन्दै वीरगञ्जवासीको जीवन रक्षाको लागि संघीय र प्रदेश सरकारले तत्काल ठोस योजनाका साथ अघि बढन आग्रह गरेका छन् ।

उनले फेसबुकमा यस्तो लेखेका छन-

आदरणीय दाजु भाई तथा दिदी बहिनीहरु ।

विगत पाँच महिनादेखि कोरोना भाइरसको संक्रमणबाट वीरगंजवासीलाई बचाउन मैले हर सम्भव प्रयासहरु गरेँ।

संघीय र प्रदेश सरकारको दायित्व अन्तरगत रहेको क्वारेन्टिन, आइसोलेशन सेन्टर, कोभिड अस्पतालको व्यवस्थापन र संचालनको जिम्मेवारी ती निकायहरुले नलिएपछि मैले नै लिएर नागरिकको जीवन रक्षाको लागि अथक प्रयत्न गरेँ।

वीरगंजलाई बचाउन पीसीआर मेसिन, परीक्षणका लागि आवश्यक पर्ने किटहरुको समेत व्यवस्थापन गरेँ ।

क्वारेन्टिन, आइसोलेशन र कोभिड अस्पतालमा रहेका संक्रमितहरुसहित अस्पतालमा कार्यरत डाक्टर, स्वास्थ्यकर्मी र सफाईकर्मीको खाना र बस्नेको व्यवस्था मिलाएँ। वीरगंजलाई ग्रीन जोन बनाउने उद्देश्यका साथ एकघर एक परीक्षणको अभियान संचालन गर्ने भनिएता पनि त्यसको कार्यान्वयन समयमा हुन नसक्दा वीरगंजमा कोरोना संक्रमण समुदाय स्तरमा फैलिसकेको रहेछ ।

तपाँहरुको सेवामा अनवरत रुपमा लाग्दा लाग्दै म स्वयं कोरोनाको संक्रमणको चपेटामा परेको छु । म अहिले उपचारार्थ छु, मेराे स्वास्थ्य अवस्था सामान्य छ । मैले छिट्टै नै काेराेनालाई जित्ने छु ।

छिल्लो पटक कोरोना संक्रमणबाट वीरगंज आक्रान्त बनेको छ, वीरगंजलाई बचाउन अग्रमोर्चामा रहनु हुने स्वास्थ्कर्मी, महानगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, नागरिक समाज, संचारकर्मी, विभिन्न राजनीतिक दल, स्थानीय प्रशासन र सुरक्षाकर्मीको प्रयासलाई धन्यवाद दिन चाहन्छु ।

अब स्थानीय स्तरबाट मात्र कोरोना नियन्त्रण गर्ने अवस्था देखिदैन तसर्थ वीरगंजवासी दाजुभाइ, दिदी-बहिनीको जीवन रक्षाको लागि संघीय र प्रदेश सरकारले तत्काल ठोस योजनाका साथ अघि बढन आग्रह गर्दछु ।

साथै कोरोना संक्रमणको यो घडीमा आफूलाई संयमित राख्न र नेपाल सरकारले तोकेको मापदण्ड पालना गर्न सम्पूर्ण महानगरवासी दाजु भाई- दिदी बहिनीमा अपिल गर्दछु ।  कोभिड १९ का विरुद्ध महानगरपालिकाले लिएका नीतिप्रति साथ सहयोग दिनुहुने सम्पूर्ण महानुभावप्रति हार्दिक नमन । मैले कोरोना संक्रमणको लडाइँ जितेर पुन: तपाइँको सेवामा आउने प्रतिवद्धता जाहेर गर्दछु ।

प्रकाशित मिति : १५ श्रावण २०७७, बिहीबार  ९ : २२ बजे

विभिन्न स्थानबाट अवैध लागूऔषधसहित चार जना पक्राउ

काठमाडौं– मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट अवैध लागूऔषध गाँजा करिब ६ किलोग्राम सहित राक्सिराङ

तोकिएको समयमा निर्वाचन गर्न नसके वर्तमान सरकारको औचित्य छैन : वर्षमान

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनले फागुन २१ गते

चीनले नेपाली विद्यार्थीका लागि ४ एमबीबीएससहित ३३ छात्रवृत्ति उपलब्ध गराउने

काठमाडौं– चीन सरकारले नेपाली विद्यार्थीहरूका लागि एमबीबीएस सहित विभिन्न विषयमा

पाँच महिनामा ३८ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता

काठमाडौं– चालु आर्थिक वर्ष ०८२-८३ को पहिलो पाँच महिनामा नेपालले

‘अवतार ३’ शुक्रबारदेखि नेपालमा प्रदर्शन, एडभान्स टिकट बिक्रीमा उत्साह

काठमाडौँ –  हलिउड साइन्स फिक्सन फिल्म ‘अवतार : फायर एण्ड