अब अरु बैंकको एटिएमबाट रकम निकाल्दा शुल्क नलाग्ने « Khabarhub

अब अरु बैंकको एटिएमबाट रकम निकाल्दा शुल्क नलाग्ने


१४ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अर्को बैंकको एटिम कार्डबाट रकम निकाल्दा अब शुल्क नलाग्ने भएको छ । नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले शुक्रवार भुक्तानी सेवा सञ्चालन अनुमति प्राप्त संस्थालाई शुल्क नलिन भनेको हो ।

यसअघि एक बैंकको एटिएमबाट अर्को बैंकको एटिएम सेवा प्रयोग गरेर रकम निकाल्दा शुल्क तिनुपर्थ्यो ।

सरकारले कोरोनाको अवधिभर भने यो सेवा निशुल्क गर्ने नीति ल्याएको थियो । शुक्रवार राष्ट्र बैंकले एकीकृत परिपत्र जारी गरेपछि अब शुल्क लाग्ने छैन ।

यस्तै डिजिटल कारोबारको सीमामा पनि सामान्य हेरफेर गरिएको छ ।

एकीकृत निर्देशनमा डेबिट कार्डबाट मासिक ४ लाखसम्म भुक्तानी गर्न सकिने व्यवस्था गरिएको छ । यस्तै प्रतिकारोबार २५ हजारसम्म भुक्तानी गर्न सकिने र दिनमा १ लाखसम्म कारोबार गर्न सकिने व्यवस्था गरिएको छ ।

डेबिड कार्डबाट मासिक ४ लाखसम्म कारोबार गर्न सकिने पनि जनाइएको छ । इन्टरनेट बैंकिङमा भने दैनिक १० लाख र मासिक ५० लाखसम्म कारोबार गर्न सकिने व्यवस्था गरिएको छ ।

यस्तो छ अधिकतम कारोबार सीमा

प्रकाशित मिति : १४ भाद्र २०७७, आइतबार  २ : ०२ बजे

जनक शिक्षामा १० लाख नमुना मतपत्र छापियो

भक्तपुर- जनक शिक्षा सामग्री केन्द्र सानो ठिमीमा आगामी फागुन २१

कुलमानले भने : पदबाट बाहिरिएँ, अब राजनीतिमा होमिएँ

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाई, भौतिक पूर्वाधार तथा यातायात

कुलमानको राजीनामा बुझ्दै प्रधानमन्त्रीले भनिन् : देशको लागि ठूलो गुन लगाउनुभयो

काठमाडाैं- प्रधानमन्त्री सुशीला कार्कीसमक्ष ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार

भेरीगङ्गामा बाघको आक्रमणबाट महिलाको मृत्यु

कर्णाली – बाघको आक्रमणबाट सुर्खेत भेरीगङ्गा नगरपालिका निवासी एक महिलाको

कुलमानले प्रधानमन्त्रीसमक्ष बुझाए राजीनामा

काठमाडौँ । काठमाडौं- ऊर्जा, भौतिक तथा सहरी विकास मन्त्री कुलमान