अब अरु बैंकको एटिएमबाट रकम निकाल्दा शुल्क नलाग्ने « Khabarhub

अब अरु बैंकको एटिएमबाट रकम निकाल्दा शुल्क नलाग्ने


१४ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अर्को बैंकको एटिम कार्डबाट रकम निकाल्दा अब शुल्क नलाग्ने भएको छ । नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले शुक्रवार भुक्तानी सेवा सञ्चालन अनुमति प्राप्त संस्थालाई शुल्क नलिन भनेको हो ।

यसअघि एक बैंकको एटिएमबाट अर्को बैंकको एटिएम सेवा प्रयोग गरेर रकम निकाल्दा शुल्क तिनुपर्थ्यो ।

सरकारले कोरोनाको अवधिभर भने यो सेवा निशुल्क गर्ने नीति ल्याएको थियो । शुक्रवार राष्ट्र बैंकले एकीकृत परिपत्र जारी गरेपछि अब शुल्क लाग्ने छैन ।

यस्तै डिजिटल कारोबारको सीमामा पनि सामान्य हेरफेर गरिएको छ ।

एकीकृत निर्देशनमा डेबिट कार्डबाट मासिक ४ लाखसम्म भुक्तानी गर्न सकिने व्यवस्था गरिएको छ । यस्तै प्रतिकारोबार २५ हजारसम्म भुक्तानी गर्न सकिने र दिनमा १ लाखसम्म कारोबार गर्न सकिने व्यवस्था गरिएको छ ।

डेबिड कार्डबाट मासिक ४ लाखसम्म कारोबार गर्न सकिने पनि जनाइएको छ । इन्टरनेट बैंकिङमा भने दैनिक १० लाख र मासिक ५० लाखसम्म कारोबार गर्न सकिने व्यवस्था गरिएको छ ।

यस्तो छ अधिकतम कारोबार सीमा

प्रकाशित मिति : १४ भाद्र २०७७, आइतबार  २ : ०२ बजे

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल

सहमहामन्त्री खुलातर्फ ५८४ मत गन्दा कसले कति ल्याए ?

काठमाडौं । नेपाली कांग्रेसको सहमहामन्त्री पदका निम्ति मतगणना जारी छ

क्षतिग्रस्त भौतिक पूर्वाधार पुनः सञ्चालनमा ल्याइने प्रधानमन्त्रीको भनाइ

काठमाडौं – गोरखाको चुमनुव्री गाउँपालिकास्थित बूढीगण्डकी नदीमा लेदोसहितको बाढी आउँदा

चाडपर्वमा चोरी हुन सक्ने भन्दै सजग रहन पर्सा प्रहरीको अनुरोध

वीरगञ्ज – जिल्ला प्रहरी कार्यालय पर्साले चाडपर्वको समयमा हुन सक्ने

५ हजार ५ सय मत गणना हुँदा कसले कति मत ल्याए ? (सूचीसहित)

काठमाडाैं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जारी मतगणनामा उपसभापतिमा चन्द्रकान्त