कांग्रेस सभापति देउवाले बोलाए शीर्ष नेताको बैठक « Khabarhub

कांग्रेस सभापति देउवाले बोलाए शीर्ष नेताको बैठक


१४ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शीर्ष नेताहरुको बैठक बोलाएका छन्।

केन्द्रीय कार्यसमितिको बैठक बस्नुअघि कार्तिक १७ गतेका लागि देउवाले शीर्षस्थ नेताहरुसँग छलफल गर्न बैठक बोलाएका हुन्। नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आगामी कार्तिक २१ गतेलाई बोलाइएको छ ।

केन्द्रीय समिति बैठकमा हुने छलफल र महाधिवेशनमा कसरी जाने भन्ने विषयमा छलफल गर्न शीर्षस्थ नेताहरुको बैठक बोलाइएको कांग्रेस सहमहामन्त्री डा. प्रकाशसरण महतले जानकारी दिए ।

यसअघि तय गरिएको बैठक कोरोना भाइरसको संक्रमणका कारण स्थगित भएपछि पुनः बैठक बोलाइएको हो।

महतका अनुसार पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललगायत नेताहरुले बुझाएको विरोधपत्रका सन्दर्भमा पनि बैठकमा छलफल हुनेछ।

सभापति देउवाले महाधिवेशनको मिति तय भइसकेपछि पनि एकलौटी रुपमा विभिन्न विभागहरु गठन गरेको, क्रियाशील सदस्यता वितरणलगायत विषयमा पौडेल पक्षले विरोध जनाउँदै आइरहेको छ। १२ असोजमा केन्द्रीय पार्टी कार्यालयमा पौडेल समूहले सभापति देउवालाई विरोधपत्र समेत बुझाएको थियो।

शीर्ष नेताहरुको बैठकले केन्द्रीय कार्यसमितिको बैठकमा पेश गर्ने एजेण्डा तय गर्ने बताइएको छ। केन्द्रीय समितिको बैठक अगावै आफूहरुले अघि सारेका विषयहरु समाधान हुनुपर्ने पौडेल पक्षको माग छ।

प्रकाशित मिति : १४ कार्तिक २०७७, शुक्रबार  १ : ३२ बजे

सिरहामा कर्फ्यु यथावत (तस्बिर)

सिरहा– सुनसरीको घटनापछि सिरहाको गोलबजारमा भएको प्रदर्शनका क्रममा गोली लागेर

निर्यात ठप्प हुँदा भद्रपुर भन्सारको राजस्व लक्ष्य प्रभावित

झापा– भद्रपुर भन्सार कार्यालयले निर्यात ठप्प हुँदा गत आर्थिक वर्षमा

सद्भाव र शान्तिको सन्देश दिँदै सर्लाहीमा र्‍याली

काठमाडौँ– सुनसरीको कप्तानगञ्जमा भएको जातीय हिंसापछि देशका विभिन्न स्थानमा तनाव

गोदावरी मार्बलको खण्डहर स्वरुप (तस्बिर)

काठमाडौँ– उद्योगका याद विस्मृत भएका छैनन् । कुन कुनामा के

सुनसरीमा कर्फ्यु हट्यो, निषेधाज्ञा यथावत

सुनसरी– जिल्ला प्रशासन कार्यालय सुनसरीले यही साउन १२ गतेदेखि जिल्लाका