प्रहरीको सई हुँ भन्दै ३ लाख ठगे, ठगेको रकमले बिहेको कोट किने | Khabarhub Khabarhub

प्रहरीको सई हुँ भन्दै ३ लाख ठगे, ठगेको रकमले बिहेको कोट किने


१७ माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रहरीको नायव निरीक्षक (सई) हुँ भन्दै ठगी गर्ने १ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा रामछापको मन्थी नगरपालिका–२ टेकनपुर घर भइ हाल काठमाडौंको बसुन्धरा बस्दै आएका २६ वर्षीय राजु कार्की छन् ।

कार्कीलाई महानगरीय अपराध महाशाखाको टोलीले कलंकीबाट पक्राउ गरेको हो ।

अपराध महाशाखाका अनुसार कार्कीले हालै मात्र सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–३ घर भइ काठमाडौंको मनहरा बस्ने लक्ष्मण गिरीलाई ठगी गरेका थिए ।

कार्कीले आफू प्रहरीको सई भएको र हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत रहेको बताएका थिए । आफ्नो बैंक खातामा धेरै रकम जम्मा भएकाले कतैबाट छानबिन भएमा अप्ठेरोमा पर्न सक्ने भन्दै उनले गिरीको बैंक खातामा ३० लाख जति रकम जम्मा गरिदिने प्रलोभन देखाएका थिए ।

उक्त रकम जम्मा गर्नु अगाडि आफूहरुबीच दोहोरो कारोबार भएको देखाउनुपर्ने भन्दै कार्कीले गिरीसँग ३ लाख रुपैयाँ मागेका थिए ।

गिरीले उनको कुरा मानेर कार्कीलाई ३ लाख रुपैयाँको चेक काटेर दिएका थिए । तर, कार्की भने ३ लाख रुपैयाँको चेक साटेर फरार भएका थिए ।

रकम निकालेको केही समयपछि मात्रै आफू ठगिएको थाहा पाएका गिरीले महानगरीय अपराध महाशाखामा उजुरी दिएका थिए ।

प्रहरीका अनुसार कार्कीले गिरीबाट ठगी गरेको लिएको रकम चितवनमा रहेका एकजना आफन्तको बिहेमा सरिस हुनका लागि कोट–पाइन्टलगायत कपडा किन्न खर्च गरेको बताएका छन् । बचेको रकम काठमाडौंको ठमेल लगायत क्षेत्रमा गएर खर्च गरेको तथा मोटरसाइकल मर्मत गरेको पनि उनले प्रहरीलाई बयान दिएका छन् ।

प्रहरीले उनको साथबाट नगद ७ हजार ५ सय रुपैयाँ बा ९१ प ७४४६ नम्बरको केटिएम डुके २०० सीसीको मोटरसाइकल, हेल्मेट लगायत सामग्री बरामद गरेको छ ।

प्रकाशित मिति : १७ माघ २०७६, शुक्रबार  ३ : १४ बजे

युद्धरत रुवान्डा र कङ्गोले अमेरिकामा गरे सहमति

वाशिङ्टन – दुई अफ्रिकी देश रुवान्डा र प्रजातान्त्रिक गणतन्त्र कङ्गोले

शनिबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमय

जीवनमा नयाँ ऊर्जा ल्याउन शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार १४ गते शनिबार। असार

आज २०८२ साल असार १४ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार १४ गते शनिबार। असार

शनिबार साँझदेखि देशका विभिन्न क्षेत्रमा भारी वर्षा हुने सम्भावना

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले शनिबार साँझदेखि लुम्बिनी