कोरोना भाइरसको प्रभाव: खेलाडी अनुबन्धदेखि सम्झौता नवीकरणमा असर « Khabarhub

कोरोना भाइरसको प्रभाव: खेलाडी अनुबन्धदेखि सम्झौता नवीकरणमा असर


१८ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नोबेल कोरोना भाइरस (कोभिड १९)ले विश्वव्यापी महामारीको रुप लिइरहेका बेला फुटबलको अर्थतन्त्रमा समेत ठूलो असर पुग्ने आँकलन भइरहेका छन् ।

जसका कारण आउँदो केही सिजनको खेलाडी अनुवन्ध तथा उनीहरुसँगको सम्झौता नवीकरणमा समेतअसर गर्ने स्पेनिस फुटबल पत्रिका मार्काले लेखेको छ।

मार्काले अहिले धेरै क्लबहरुले आफ्ना खेलाडीहरुको तलब कटौती गरेको उल्लेख गर्दै आउँदा केही सिजनमा क्लबलाई आर्थिक भार हुने उल्लेख गरेको छ ।

कोरोना भाइरसको महामारीले क्लबलाई आर्थिक भार भएको जर्मनका फुटबल जानकार उली होइनेसले बताएका छन् ।

‘यो केही कुरा हो । तपाई यसबारे अनुमान पनि लगाउन सक्नु हुन्न । तर, मलाई लाग्दैन यहाँ कसैले पनि १ मिलियन युरो भन्दा ठूलो सम्झौता गर्नेछन् अबका केहीवर्ष,’उलीले भनेका छन् ।

यसले खेलाडीसँगको सम्झौनता नवीकरणमा समेत असर गर्नेछ । २०२१ मा नवीकरण हुने सम्झौतामा बार्सिलोनाका कप्तान लियोनल मेस्सीको नाम पनि आउँछ ।

क्याम्प नाउसँगको उनको अन्तिम सम्झौता २०२१ सम्मको छ । उनी क्लबमा सबैभन्दा धेरै पैसा कमाउने खेलाडी पनि हुन् ।

तर, अब के बार्सिलोनाले अहिलेकै मूल्यमा उनलाई क्लबमा राख्न सक्छ ? भन्ने प्रश्न समेत उठ्न थालेको छ ।

बार्सिलोनामा आउँदो सिजनमा इभान राकिटिक, आर्टुर भिडाल, लुइस स्वारेज जस्ता क्षमतावान खेलाडीहरुको पनि सम्झौता सकिँदैछ । यस्तै समस्या रियल मड्रिडमा पनि छ । रियलका कप्तान सर्जियो रामोश, लुका मोड्रिक र लुकाज भाजकिजको सम्झौता पनि २०२१ मा सकिँदैछ ।

यस्तै, पेरिस सेन्ट जर्मनका युवा स्टार केलिउन एमबाप्पे, नेयमार लगातका खेलाडीको पनि आउँदो सिजन कहाँ पुग्ने छन् भन्ने कुरा एकिन छैन् ।

अहिले यी दुवै खेलाडीका लागि स्पेनका बासिलोना र रियलले आँखा लगाइरहेका छन् । तर, अब कसले लैजान सक्छ भन्ने एकिन भएको छैन् । यो कुरा स्पष्ट छ उनीहरु पेरिस सेन्ट जर्मनमा अस्थायी हुन् ।

प्रकाशित मिति : १८ चैत्र २०७६, मंगलबार  ७ : ५२ बजे

विद्यालयमा आइतबार बिदा दिने निर्णय पुनः विचार गर्न आग्रह

काठमाडौं – सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपालले आइतबार विद्यालयमा

दुई थान चोरीको स्कुटरसहित एकजना पक्राउ

काठमाडौं – दुई थान चोरीको स्कुटरसहित एकजनालाई प्रहरीले पक्राउ गरेको

सम्पत्ति छानबिन आयोगको काम अघि नबढाउन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सम्पत्ति छानबिन आयोगलाई कसैको पनि सम्पत्ति छानबिन नगर्न

गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै जटायु रेष्टुरेन्ट

नवलपरासी – नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिकास्थित नमूना मध्यवर्ती

नेपाल–भारत ऊर्जा बैठक : विद्युत् आयात-निर्यात क्षमता बढाउने सहमति

काठमाडौं – नेपाल र भारतबीच विद्युत् आयात–निर्यातको क्षमता विस्तार गर्ने