परीक्षा दिन बेलायत पुगेका चिकित्सक र विद्यार्थी अलपत्र, उद्दारको अपिल « Khabarhub

परीक्षा दिन बेलायत पुगेका चिकित्सक र विद्यार्थी अलपत्र, उद्दारको अपिल


१८ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बेलायतमा अलपत्र परेका नेपालीले आफूहरुको उद्धारका लागि नेपाल सरकारसँग अपिल गरेका छन् ।

बेलायमा नेपाली चिकित्सक र विद्यार्थीहरु अलपत्र परेका छन् ।

सरकारले नेपाल भित्रन बन्दै गर्दै उडानहरु रोकेसँगै बेलायतमा रहेका नेपालीहरु उतै अलपत्र परेका हुन् ।

कोरोना भाइरस संक्रमणको त्रासमा नेपालले युरोपसहितका अन्य देशसँगको हवाई सेवामा रोक लगाएको थियो । अहिलो भने सम्पूर्ण उडानहरुमा रोक लगाउँदै नेपालमा लकडाउन गरिएको छ ।

नेपालबाट दर्जनौ नेपाली चिकित्सक चिकित्सा परीक्षाका लागि बेलायत पुगेका बेलमा त्यहाँ फसेका हुन् । भने कयौं नेपाली विद्यार्थी बेलायतमा बस्दै आएका छन् ।  उनीहरु रोजगारी, खान र बस्नको समस्याका कारण विचल्लीमा परेका हुन् ।

धुलिखेल अस्पतालका चिकित्सक डा अमिर अवालले नेपाल सरकार समक्ष आफूहरुलाई स्वदेश फर्काउन पहल गर्न सरकारसँग पहल गरेका छन् ।

आफूहरु मेडिकल जाँचका लागि बेलायत आएको भएपनि कोराृनाका कारण परीक्षा स्थगित भएको र नेपाल फर्कन खोज्दा नेपालसँगको हवाई सम्पर्क नभएको भएका कारण समस्यामा परेको उनले बताए ।

उनले आफ्नो समूहमा ६ जना रहेको र निश्चित समयका लागि ल्याएको खर्च सकिएपछि आफूहको विचल्लि भएको उनले बताए ।

उनले आफूहरुसँगको सम्पर्कमा २० जनाजति चिकित्सकहरु बेलायतमा रहेको र सबै जना स्वदेश फर्कने चाहिरहेको बताए ।

त्यस्तै बेलायतका विभिन्न विश्वविद्यालयमा अध्ययन गर्न पुगेका करिब ५०० जति विद्यार्थी विचल्लीमा परेको समाचारहरु सार्वजनिक भएका छन् ।

प्रकाशित मिति : १८ चैत्र २०७६, मंगलबार  ३ : ४३ बजे

दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्रः मन्त्री पोखरेल र कर्णालीका मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत – आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तिब्रता

पोखराले गुमायो सातौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

पोखराले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

सरकारलाई भीष्मराजले भने- कांग्रेसले देखाएको सदाशयतालाई कमजोरीका रूपमा नलिनू

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले कांग्रेसले सरकारप्रति