नेपालमा एक हप्तामा ८१७ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि « Khabarhub

नेपालमा एक हप्तामा ८१७ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि


१८ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  नेपालमा एक हप्तामै ८१७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

यो संख्या नेपालमा शनिबार अपराह्न ४ बजेसम्म संक्रमित भएका १ हजार ४०१ को आधाभन्दा बढी हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार देशभर आइतबार १९, सोमबार ७९, मंगलबार ९०, बुधबार ११४, बिहीबार १५६, शुक्रबार १७० र शनिबार १८९ जनामा कोरोना पुष्टि भएको थियो।

बुधबारदेखि दैनिक संक्रमितको संख्या एक सयभन्दा बढी हुन थालेपछि एक हप्तामा मात्रै संक्रमित संख्या ८१७ पुगेको हो ।

नेपालमा जनवरी २३ मा चीनबाट आएका एक पुरुषमा पहिलोपटक कोरोना संक्रमण पुष्टि भएको थियो। त्यसको दुई महिनापछि मार्च २३ मा फ्रान्सबाट आएकी युवतीमा कोरोना पुष्टि भएको थियो।

त्यसयता सरकारले लकडाउन गरेर संक्रमण फैलन नदिने गरि काम गरे पनि भारतबाट आउनेहरूलाई निगरानी तथा स्वास्थ्य सुरक्षाका आवश्यक प्रबन्ध गर्न नसक्दा संक्रमण फैलदै गएको छ ।

प्रकाशित मिति : १८ जेठ २०७७, आइतबार  ८ : २१ बजे

भोटेकोशी बाढीको एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी

काठमाडौँ– रसुवाको भोटेकोशी नदीमा अकस्मात् बाढी गएको एक महिना भएको

खुम्बु क्षेत्रमा हिमपात,सात विदेशी पर्यटकको उद्धार

सोलुखुम्बु- सोलुखुम्बुको खुम्बु क्षेत्रमा भारी हिमपात भएपछि उच्च हिमाली क्षेत्रमा

झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी

झापा– बङ्गालको खाडीबाट अगाडि बढिरहेको वर्षा प्रणालीका कारण बाढी तथा

बाढी पसेपछि सुस्तावासी समस्यामा

नवलपरासी– निरन्तरको वर्षाले पश्चिम नवलपरासीको सुस्तामा नारायणी नदीको बाढी बस्तीमा

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण