नेपालमा एक हप्तामा ८१७ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि « Khabarhub

नेपालमा एक हप्तामा ८१७ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि


१८ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  नेपालमा एक हप्तामै ८१७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

यो संख्या नेपालमा शनिबार अपराह्न ४ बजेसम्म संक्रमित भएका १ हजार ४०१ को आधाभन्दा बढी हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार देशभर आइतबार १९, सोमबार ७९, मंगलबार ९०, बुधबार ११४, बिहीबार १५६, शुक्रबार १७० र शनिबार १८९ जनामा कोरोना पुष्टि भएको थियो।

बुधबारदेखि दैनिक संक्रमितको संख्या एक सयभन्दा बढी हुन थालेपछि एक हप्तामा मात्रै संक्रमित संख्या ८१७ पुगेको हो ।

नेपालमा जनवरी २३ मा चीनबाट आएका एक पुरुषमा पहिलोपटक कोरोना संक्रमण पुष्टि भएको थियो। त्यसको दुई महिनापछि मार्च २३ मा फ्रान्सबाट आएकी युवतीमा कोरोना पुष्टि भएको थियो।

त्यसयता सरकारले लकडाउन गरेर संक्रमण फैलन नदिने गरि काम गरे पनि भारतबाट आउनेहरूलाई निगरानी तथा स्वास्थ्य सुरक्षाका आवश्यक प्रबन्ध गर्न नसक्दा संक्रमण फैलदै गएको छ ।

प्रकाशित मिति : १८ जेठ २०७७, आइतबार  ८ : २१ बजे

पोखरा–ढोरपाटन पर्यटन कार्यक्रम सुरु

पोखरा– नेपाल पर्यटक यातायात व्यवसायी सङ्घ (एनटिभिए) गण्डकी प्रदेशले पोखरा–ढोरपाटन

बागलुङमा धान उत्पादन बढ्यो

बागलुङ– यस वर्ष बागलुङमा धान उत्पादन बढेको छ । समयमा

यस्तो रहने छ आजको मौसम

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

मानव अधिकारको पूर्ण कार्यान्वयन गर्नु अपरिहार्य आवश्यकता : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

सार्कको ४०औँ वार्षिकोत्सव मनाइयो 

काठमाडौं– दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को बडापत्रमा हस्ताक्षर गरेको