पश्चिमी तथा स्थानीय वायुको प्रभावले अधिकांश स्थानमा वर्षा « Khabarhub

पश्चिमी तथा स्थानीय वायुको प्रभावले अधिकांश स्थानमा वर्षा


१८ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेकाले बदलीसँगै आज वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका मौसमविद् मीनकुमार आर्यालले ती मौसमी प्रणालीको प्रभाव भोलिबाट क्रमशः हट्दै जाने जानकारी दिए । हाल देशभर सामान्य बदली रही देशका केही स्थानमा हल्का वर्षा भएको छ ।

धेरैसजो स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १८ दशमलव छ डिग्री र अधिकतम तापक्रम २७ दशमलव चार डिग्री सेल्सियस रहेको छ ।

सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम ११ दशमलव शून्य डिग्री र सबैभन्दा बढी भैरहवाको अधिकतम तापक्रम ३४ दशमलव एक डिग्री सेल्सियस रहेको छ ।

महाशाखाले गरेको ३ दिने मौसमको पूर्वानुमान
जेठ १८ गते (आईतबार)

दिउँसो : देशभर सामान्य बदली रहि देशका केहि स्थानहरुमा मेघगर्जन/चट्याङ/हावाहुरी सहित वर्षाको सम्भावना छ।

राति : देशको पूर्वी भू-भागहरु लगायत मध्य तथा पश्चिमी पहाडी भू-भागमा सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली रहनेछ। पूर्वी भू-भागका केहि स्थानहरुमा लगायत मध्य तथा पश्चिमी पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ/हावाहुरी सहित वर्षाको सम्भावना छ।

जेठ १९ गते (सोमबार)

दिउँसो : देशको पूर्वी भू-भागहरु लगायत मध्य तथा पश्चिमी पहाडी भू-भागमा सामान्य बदली रहि बाँकी भू-भागमा मौसम आंशिक बदली रहनेछ। पूर्वी भू-भागहरु लगायत मध्य तथा पश्चिमी पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित वर्षाको सम्भावना छ।

राति : देशको पूर्वी भू-भागहरु लगायत मध्य तथा पश्चिमी पहाडी भू-भागमा सामान्य बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। पूर्वी भू-भागहरु लगायत मध्य तथा पश्चिमी पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित वर्षाको सम्भावना छ।

जेठ २० गते (मंगलबार)

दिउँसो : देशको पूर्वी भू-भागहरु लगायत मध्य तथा पश्चिमी पहाडी भू-भागमा सामान्य बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।पूर्वी भू-भागहरुका थोरै स्थानहरुमा र मध्य तथा पश्चिमी पहाडी भू-भागका एक दुइ स्थानमा मेघगर्जन/चट्याङ सहित वर्षाको सम्भावना छ।

राति : देशको पूर्वी भू-भागहरुमा सामान्य बदली र मध्य पहाडी भू-भागमा आंशिक बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। पूर्वी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित वर्षाको सम्भावना छ।

प्रकाशित मिति : १८ जेठ २०७७, आइतबार  १ : ०७ बजे

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका