बजेटका लक्ष्य पूरा हुन मुस्किल छ : कांग्रेस « Khabarhub

बजेटका लक्ष्य पूरा हुन मुस्किल छ : कांग्रेस


१८ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेटका लक्ष्य पूरा हुन मुस्किल पर्ने टिप्पणी गरेको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०७७/७८ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलमा भाग लिँदै सो पार्टीका सांसद प्रकाशमान सिंहले कोरोनाले पारेको प्रभाव न्यूनीकरण गर्नेतर्फ सरकारले ध्यान नदिएको आरोप लगाए ।

सार्वजनिक खर्च पुनरावलोकन आयोगले दिएको सुझावलाई बजेटले कार्यान्वयन नगरेको, अनुत्पादक खर्च घटाउनेतर्फ ध्यान नदिएको र ठूला तथा राष्ट्रिय गौरवका आयोजना पूरा गर्नेतर्फ ठोस व्यवस्था नभएको उनको भनाइ छ ।

उनले राष्ट्रिय गौरवका आयोजनाको कार्यप्रगति हेर्ने जिम्मा प्रधानमन्त्रीले नै लिए पनि परियोजनाको हालत दुरुहपूर्ण रहेको तथा मेलम्ची खानेपानी आयोजनाको पहिलो खण्ड नै पूरा नभएको अवस्थामा दोस्रो खण्ड शुरु गर्ने विषय आफैँमा मिल्दो नभएको बताए । उनले युवा तथा खेलकूद, अन्तरदेशीय प्रसारण लाइन तथा लप्सेफेदी–रातमाटे ४०० केभी प्रसारण लाइन निर्माणको विषयमा सत्तारुढ दलभित्रै सहमति नभएको अवस्थामा कार्यान्वयन हुनेमा आशङ्का व्यक्त गरे ।

राजपाका सांसद राजेन्द्र महतोले सरकारले आगामी आवका लागि ल्याएको बजेट आम जनताको पक्षमा नभएको र सत्तारुढ दलको स्वार्थसिद्ध गर्न मात्रै केन्द्रित भएको आरोप लगाए ।

कोरोनाका कारण समस्यामा परेका नागरिकलाई राहत दिन बजेटले कुनै सम्बोधन नगरेको, गरिब तथा गरिखाने वर्गको पक्षमा कार्यक्रम नआएकोमा उनले रोष प्रकट गरे । उनले मुलुक सङ्घीयतामा गएको भन्ने तथ्यसमेत सरकारले बिर्सेको र स्रोत तथा साधनको वितरणमा समेत विभेद गरिएको बताए ।

प्रकाशित मिति : १८ जेठ २०७७, आइतबार  १ : २७ बजे

स्क्यान्डिनेभियातर्फ रूसी बमवर्षक उडान

एजेन्सी – रूसी आणविक–सक्षम बमवर्षक विमानहरूले स्क्यान्डिनेभियाको उत्तरतर्फ पर्ने नर्वेजियन

निर्वाचनको वातावरण बनाउनुपर्नेमा उपसभापति गुरुङको जोड

पाटन– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड

रुस–युक्रेन सङ्घर्ष र सन् २०२५ का कूटनीतिक प्रयासहरू

काठमाडौं– सन् २०२२ मा सुरु भएको रुस–युक्रेन युद्ध अब केवल

राजनीतिक दल र जेन-जीले दबाब दिएर सरकारलाई पेन्डुलमजस्तै बनाए : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेन-जीले दबाब दिएर

कुलमानले भने- निर्वाचनबाट देश परिवर्तनको नेतृत्व उज्यालो पार्टीले लिन्छ

काठमाडौं– उज्यालो नेपाल पार्टीका संरक्षक एवं ऊर्जा, भौतिक पूर्वाधार र