ओलम्पिकमा तीन स्वर्ण बिजेता बबी जोको निधन « Khabarhub

ओलम्पिकमा तीन स्वर्ण बिजेता बबी जोको निधन


१८ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- अमेरिकी छोटो दूरीका धावक बबी जो मोरोको ८४ वर्षको उमेरमा निधन भएको छ । उनले १९५६ को ओलम्पिक खेलमा तीनवटा पदक जितेका थिए ।

उनको गृहनगरस्थित सान बोनिटो स्कुल डिस्ट्रिकले मोरोको निधनको पुष्टि गरेको हो, यस स्कुलमा मोरोकै नामबाट १२ हजार सिटसहितको रंगशालाको नामाकरण गरिएको छ । यहाँ सुपेरिटेन्डेन्ट डाक्टर नाते काम्र्यानले रंगशालाले विश्वप्रसिद्ध धावकको संझना दिलाउने बताए ।

स्कुल डिस्ट्रिकले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सान बेनिटोले ओलम्पिकबाट धेरै स्वर्ण बोकेर ल्याउने आफ्ना गृहनगरका स्टारलाई सधैं सम्झनेछ ।’

मोरोले १९५६ को मेलवर्न ओलम्पिकमा १ सय मिटर, २ सय मिटरतर्फ व्यक्तिगत स्वर्ण जितेका थिए । यही ओलम्पिकमा उनीसहितको अमेरिकी टिमले ४ गुणा १ सय मिटर रिलेतर्फ स्वर्ण जित्दा उनको कुल स्वर्ण संख्या ३ पुग्यो ।

एकै संस्करणको ओलम्पिक खेलमा १ सय मिटर, २ सय मिटर र चार गुणा १ सय मिटर रिलेमा स्वर्ण जित्ने किर्तिमान विश्वका चार खेलाडीमा मात्रै छ । १९३६ मा बर्लिन ओलम्पिकमा जेसे ओवेन्स, १९८४ मा लस एन्जलस ओलम्पिकमा कार्ल लेविस र २०१२ को लण्डन ओलम्पिक तथा २०१६ को रियो दि जेनरियो ओलम्पिकमा उसेन बोल्टले मात्रै यस्तो उपलब्धि हासिल गरेका छन् ।

‘ अमेरिकाका लागि १९५६ को ओलम्पिक खेलमा तीनवटा स्वर्ण दिलाउने बबी मोरोको शनिबार ८४ वर्षको उमेरमा भएको मृत्युको खबर सुनेर विश्व एथलेटिक्स जगत् गहिरो शोकमा छ ,’ विश्व एथलेटिक्स महासंघले निकालेको विज्ञप्तिमा भनिएको छ ।

१९५६ मा स्पोर्टस् इलुस्ट्रेटेडले मोरोलाई वर्षकै उत्कृष्ट खेलाडी घोषित गरेको थियो । तर, १९६० को रोम ओलम्पिकका लागि उनले अमेरिकी टोलीमा स्थान बनाउन सकेनन् र एथलेटिक्स खेलबाटै सन्यास घोषणा गरे ।

प्रकाशित मिति : १८ जेठ २०७७, आइतबार  ४ : २५ बजे

मार्सल ल प्रकरणमा पूर्वप्रधानमन्त्रीको सजाय घट्यो

एजेन्सी– दक्षिण कोरियामा पूर्वराष्ट्रपति युन सुक योलले लागू गरेको विवादास्पद

झापामा १९ लाख बराबरको धनमाल चोरी

झापा– मेचीनगर नगरपालिका-६ प्लटिङ बस्ने रूद्र बुढाथोकीको घरबाट नगद तथा सुनका विभिन्न

खाल्डोमा जमेको पानीमा डुबेर दुई बालकको मृत्यु

सुनसरी– रामधुनी नगरपालिका-६ ढेडीगाउँ बस्ने आकाश चौधरीको छोरा ६ वर्षीय प्रनिक चौधरी

नेपाल ‘ए’ ले स्कटल्याण्डलाई दियो २७८ रनको लक्ष्य

काठमाडौं– आजदेखि सुरु भएको त्रिकोणात्मक एक दिवसीय अभ्यास खेलमा नेपाल