जात्रा पर्वमा भीडभाड नगर्न आग्रह « Khabarhub

जात्रा पर्वमा भीडभाड नगर्न आग्रह


१६ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौँ महानगरपालिकाले काठमाडौँ उपत्यकामा कोभिड–१९ को सङ्क्रमण बढ्दो क्रममा रहेकाले पर्व मनाउँदा भीड नगर्न आग्रह गरेको छ ।

“पछिल्ला दिनमा कामपासँगै उपत्यका नै कोरोना सङ्क्रमणको जोखिम बढ्दै गइरहेको छ । जात्रा र पर्वको समय पनि शुरु भएको छ । यो हाम्रा लागि चुनौतीपूर्ण समय हो”, कामपाका प्रमुख विद्यासुन्दर शाक्यले भने, “शुरुका दिनमा महानगर र समग्र उपत्यकावासीले नै लकडाउनको पूर्ण पालना गरी उपत्यकालाई शान्त बनाउनुभयो, लकडाउन खुकुलो भएसँगै उपत्यका बाहिरबाट भित्रिनेको सङ्ख्यामा वृद्धि हुँदा जोखिम बढेको छ । यस्तो बेलामा हामी सबैले सतर्कता अपनाउनुको अर्को विकल्प छैन ।”

बिहीबार सम्पन्न कामपाको ५०औँ कार्यपालिका बैठकले बिभिन्न प्रस्तावमाथि छलफल गर्दै यस्तो निर्णय गरेको हो ।

उनले गृह प्रशासनले असुरक्षितरूपमा उपत्यका प्रवेश गर्नेलाई नियन्त्रण नगर्ने हो भने उपत्यकाको अवस्था झन जोखिम हुने बताए । “अहिलेसम्मको प्रतिवेदनलाई आधार मान्ने हो भने उपत्यका बाहिरबाट प्रवेश गर्नेहरुमै बढी सङ्क्रमण देखिएको छ”, उनले भने, “उनीहरुबाटै समुदायमा समेत कोरोना सङ्क्रमण फैलिनसक्ने सम्भावना भएकाले सबैभन्दा पहिला उपत्यका प्रवेशका क्रममा सावधानी अपनाउन आवश्यक छ ।”

कामपा उपप्रमुख हरिप्रभा खड्गीले जात्रा पर्व मनाउने सन्दर्भमा उपत्यका नगरपालिका फोरमको एउटै आवाज हुनुपर्ने धारण राखिन । बैठकले कामपा विपद् व्यवस्थापन कोष (सञ्चालन) कार्यविधि २०७७ र स्वास्थ्य संस्था दर्ता नवीकरण तथा स्तरोन्नतिसम्बन्धी कार्यविधि–२०७७ पनि पारित गरेको छ ।

त्यसैगरी बैठकले भवन निर्माणको भेरियसन स्वीकृत गरेको छ भने चालू आर्थिक वर्षका लागि निर्माण सामग्रीको दररेट स्वीकृत गरेको छ । जिल्ला दररेट निर्धारण समितिले स्वीकृत गरेको निर्माण सामग्री, ज्याला, ढुवानी, भाडाको दररेट नै महानगरले स्वीकृत गरेको हो ।

काठमाडौं उपत्यकामा हालसम्म ५७३ जनामा कोरोना भाइरसको पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले भने, “काठमाडौँ उपत्यका जस्तो उच्च जनघनत्व बढी भएको ठाउँमा सङ्क्रमण फैलिएमा जटिल समस्या आउन सक्छ । सबैले सचेत हुनुपर्छ ।”

पछिल्लो समय भारतबाट कामका सिलसिलामा उपत्यका प्रवेश गर्नेहरुमा सङ्क्रमणको जोखिम उच्च देखिएको जनाइएको छ । उनले भने “यसरी आउने व्यक्तिले सम्बन्धित स्थानीय तहलाई सूचना आवश्यक छ ।”

जोखिममा रहेका समूहलाई परीक्षणको दायरामा ल्याउनुपर्छ । यसो भयो भने महामारी नियन्त्रण गर्न धेरै सहज हुने उनको भनाइ छ । मास्कको प्रयोग नगर्ने, गरे पनि उचित तरिकाले प्रयोग नगर्ने प्रवृत्तिले सङ्क्रमणको जोखिम बढेको छ । मास्कको उचित प्रयोग भयो भने ७० प्रतिशत बढी सङ्क्रमणको जोखिमबाट बच्न सकिन्छ ।

निर्देशक डा पाण्डेका अनुसार उपत्यकामा देखिएका कोरोनाका सङ्क्रमितमध्ये ३५० स्थानीयवासी रहेका छन् । उनीहरुमध्ये २१० पुरुष र बाँकी महिला छन् । सङ्क्रमितमध्ये केहीलाई जटिलता देखिएको पनि जानकारी गराइएको छ ।

प्रकाशित मिति : १६ श्रावण २०७७, शुक्रबार  १० : ०४ बजे

अरूको बैंक खाता प्रयोग गर्ने तीन महिला पक्राउ

झापा । आर्थिक रूपमा कमजोर तथा मजदुरी गरेर जीविका चलाउने

हानि र नोक्सानी सम्बोधन कोषले पठायो नेपालको पत्रको जवाफ

काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको हानि र

रसुवा बाढी : जलविद्युत आयोजनामा कार्यरत ९१६ जना सम्पर्कविहीन

काठमाडौं । भदौ १० गते रसुवाको भोटेकाटी हुँदै त्रिशूली नदीमा

इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद र ५० हजार जरिबाना

काठमाडौँ – सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई साढे ५ वर्ष

विपद्को समयमा सबैको साथ र सहयोग आवश्यक छ: प्रचण्ड

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल