कोरोना उपचारको सफल नेतृत्व गर्दै भरतपुर अस्पताल « Khabarhub

कोरोना उपचारको सफल नेतृत्व गर्दै भरतपुर अस्पताल


१६ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- चितवनसहित आठ जिल्लाका कोभिड–१९ सङ्क्रमितको सफल उपचार गर्न भरतपुर अस्पताल सफल भएको छ । अस्पतालले हालसम्म ८३ सङ्क्रमितको उपचार गरिसकेको छ ।

अन्य अस्पतालमा गम्भीर भएपछि सो अस्पतालमा पठाइएका दुई जना सङ्क्रमितको मृत्यु भएको छ भने १० जना उपचाररत छन् । अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार अस्पतालले चितवनका ७६, नवलपुरका १०, मकवानपुरका दुई, नवलपरासीका दुई, कपिलवस्तुका एक र कैलालीका दुई सङ्क्रमितको उपचार गरेको छ ।

अस्पतालको मातहतमा एउटा प्रयोगशाला र छुट्टै कोरोना अस्पताल रहेको छ । अस्पतालमा १० श्ययाको कोरोना सघन उपचार कक्षसहित १३५ श्ययाको आइसोलेसन रहेको उनले जानकारी दिए ।

अस्पतालको प्रयोगशालाले हालसम्म ११ हजार ५७५ को नमूना परीक्षण गरेको छ । पौडेलका अनुसार चितवनसहित १० जिल्लाको स्वाब यहाँ परीक्षण गरिएको थियो ।

सो क्रममा ३५० जनाको पोजेटिभ नतिजा आएको थियो । स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीका अनुसार जिल्लामा हालसम्म सङ्क्रमितको सङ्ख्या ११५ रहेको छ । भरतपुर अस्पतालबाहेक माडी नगरपालिकामा र रत्ननगरको गुञ्जमान अस्पतालमा रहेको आइसोलेसनमा सङ्क्रमित राखिएका थिए ।

माडीमा मात्र ३१ जना सङ्क्रमितलाई राखिएको थियो । रत्ननगरमा एक जनाको उपचार गरिएको छ । हाल माडीमा १२ जना सङ्क्रमित उपचाररत रहेका छन् । गम्भीर भएकाको उपचार भरतपुर अस्पतालमा गरिएको उनले बताए ।

भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारी भरतपुर अस्पतालको पूर्वतयारीका कारण रोगको सफल उपचार गर्न सकिएको बताए ।

टेकुमा पाँच श्यया हुँदा भरतपुर अस्पतालमा ११ श्यया तयार भएको उनी बताउँछन् । जिल्लामा भरतपुर महानगरपालिकाको अगुवाइमा छुट्टै कोरोना अस्पताल स्थापना गरिएको र त्यसको प्राविधिक पक्षको नेतृत्वदायी भूमिका भरतपुर अस्पतालले गरेको थियो । पछि महानगरले सो अस्पताल भरतपुर अस्पताललाई हस्तान्तरण गरेको थियो ।

यही अस्पतालले ७४ वर्षका क्यान्सरको चौथो तहका बिरामीको समेत सफल उपचार गरेको भन्दै उनले एउटा अस्पताल भए पनि त्यहाँभित्रका छुट्टाछुट्टै संरचनाका कारण कोरोना र अन्य बिरामीको उपचार सँगसँगै हुन सकेको जानकारी दिए ।

अधिकारीले भने, “हाम्रो सावधानीका कारण अस्पताल रोगको हटस्पोट बनेर सिल गर्नु परेन ।” अस्पतालको ए ब्लकको भुई तलामा छुट्टै व्यवस्थित ढङ्गबाट सङ्क्रमित राखिएको छ । अहिलेसम्म चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी कसैलाई पनि कोरोनाको सङ्क्रमण देखिएको छैन ।

यहाँ कोरोना सङ्क्रमणको जोखिम बढी हुने भएकाले सात महिनाअघिनै माहामारी नियन्त्रणको पूर्वतयारी शुरु गरिएको भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा श्रीराम तिवारी बताए ।

अस्पतालले रोगका बारेमा अध्ययन गर्न दुई जना फिजिसियन खटाएको थियो । सबै कर्मचारीलाई रोगबारे जानकारी दिने र बुझाउने उनीहरुको जिम्मेवारी थियो । अस्पतालले शुरुआती देखिनै ज्वरो, रुघाखोकीका बिरामीलाई छुट्टै बहिरङ्ग टिकट काट्ने ठाउँको समेत व्यवस्था गरेको थियो । पुसदेखि पूर्वतयारी थाले पनि वैशाख ५ गते मात्र पहिलो सङ्क्रमित भर्ना भएको तिवारीले जानकारी दिए ।

अस्पतालले डा प्रमोद पौडेलको संयोजकत्वमा विभागीय प्रमुखसहितको १५ सदस्यीय टोली बनाएर सङ्क्रमितको उपचार गराइरहेको छ ।

तिवारी भन्छन्, “सबैको साथ र सहयोगका कारण भरतपुर अस्पताल हालसम्म कोभिड उपचारमा सफल भएको छ ।” निजी अस्पतालले सङ्क्रमण देखिना साथ भरतपुर अस्पताल बिरामी पठाउने गरेका छन् । शुरुका दिनमा निजीमा लक्षण देखिएका बिरामी पनि सरकारी अस्पताल पठाउने गरेका थिए ।

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराई कोरोना उपचारमा भरतपुर अस्पतालले नेतृत्वदायी भूमिका निर्वाह गरेको बताउँछन् ।

त्यहाँ उपचाररत बिरामीको निको हुने दर राम्रो भएको, सङ्क्रमितको उपचार हुँदाहुँदै पनि सुरक्षित ढङ्गबाट बहिरङ्गका बिरामीको उपचार गरेको भट्टराईले बताए । बहिरङ्ग सेवा दिन अस्पताल व्यवस्थापनले हतारो गरेको भए पनि बिरामीले शुरुशुरुका दिनमा सेवा नपाएर निजीमा जानुपरेको पक्ष सकारात्मक नभए पनि अस्पतालले गरेका समग्र गतिविधि प्रशंसनीय रहेको उनको भनाइ छ ।

प्रकाशित मिति : १६ श्रावण २०७७, शुक्रबार  १२ : ३९ बजे

विभिन्न स्थानबाट अवैध लागूऔषधसहित चार जना पक्राउ

काठमाडौं– मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट अवैध लागूऔषध गाँजा करिब ६ किलोग्राम सहित राक्सिराङ

तोकिएको समयमा निर्वाचन गर्न नसके वर्तमान सरकारको औचित्य छैन : वर्षमान

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनले फागुन २१ गते

चीनले नेपाली विद्यार्थीका लागि ४ एमबीबीएससहित ३३ छात्रवृत्ति उपलब्ध गराउने

काठमाडौं– चीन सरकारले नेपाली विद्यार्थीहरूका लागि एमबीबीएस सहित विभिन्न विषयमा

पाँच महिनामा ३८ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता

काठमाडौं– चालु आर्थिक वर्ष ०८२-८३ को पहिलो पाँच महिनामा नेपालले

‘अवतार ३’ शुक्रबारदेखि नेपालमा प्रदर्शन, एडभान्स टिकट बिक्रीमा उत्साह

काठमाडौँ –  हलिउड साइन्स फिक्सन फिल्म ‘अवतार : फायर एण्ड