प्रहरी मुख्यालयका थप १८ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ७२ पुग्यो « Khabarhub

प्रहरी मुख्यालयका थप १८ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ७२ पुग्यो


१६ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत ७२ जना प्रहरी कोरोना भाइरस (कोभिड–१९) को संक्रमित भएका छन् ।

आज शुक्रवार थप १८ जना प्रहरीमा कोरोना संक्रमण भएको पुष्टि भएसँगै प्रहरी हेडक्वाटरमा कोरोना संक्रमितको संख्या ७२ पुगेको हो ।

प्रहरीका अनुसार संक्रमित हुने धेरैजसो सवारी चालक, सञ्चार शाखामा काम गर्ने प्रहरी र मेकानिक रहेका छन् । संक्रमित सबैलाई सशस्त्र प्रहरी अस्पतालमा भर्ना गरिएको जनाइएको छ ।

शुरुमा संक्रमित ४ जनाको कन्ट्याक्ट ट्रेसिङको आधारमा स्वाब संकलन गरिएकामा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि थप प्रहरीको पनि स्वाब परीक्षण गरिएको थियो ।

योसँगै नेपालभर हालसम्म २ सय ५० जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रकाशित मिति : १६ श्रावण २०७७, शुक्रबार  १२ : ५८ बजे

फरार ९७ कैदीबन्दी अझै सम्पर्कविहीन

चितवन– गत भदौमा भएको जेन-जी प्रदर्शनका क्रममा कारागार कार्यालय भरतपुरबाट

अनपेक्षित थिएन कप्तानगञ्ज घटना, कहाँ चुक्यो सुरक्षा संयन्त्र ?

काठमाडौं– सुनसरी जिल्लाको सुदूर दक्षिणी भेगमा धेरै गञ्जहरू छन् ।

डिजिटल प्रणालीमार्फत १७३ कर्मचारीको सरुवा

काठमाडौं– सरकारद्वारा जारी गरिएको अनलाइन कर्मचारी सरुवा व्यवस्थापन प्रणालीमार्फत हालसम्म

त्रिभुवन विश्वविद्यालयको इतिहास विभागबारे छलफल

काठमाडौं–  राष्ट्रियसभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले आज केन्द्रीय