नक्कली भ्याट बिल बनाइ ठगी गरेको आरोपमा २८ जनाविरुद्ध मुद्दा  « Khabarhub

नक्कली भ्याट बिल बनाइ ठगी गरेको आरोपमा २८ जनाविरुद्ध मुद्दा 


१७ पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राजश्व अनुसन्धान विभागले मूल्य अभिवृद्धि कर (भ्याट) को नक्कली बिजक जारी गरी ठगी गरेको आरोपमा २८ जनाविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ।

विभागले एक अर्ब ३२ करोड ४६ लाख १२ हजार ५६५ बराबरको झुट्टा बिजक जारी गरेको अभियोगमा काठमाडौँ सीतापाइलास्थित पद्म कोलनीमा बस्‍ने रामकिशोर प्रसादसहित २८ जनाविरुद्ध शुक्रबार मुद्दा दायर गरेको हो ।

प्रसादको कम्पनी मोहन ट्रेड इन्टरनेशनलसहित अन्य २६ व्यावसायिक फर्मले एक आपसमा मिलेर आर्थिक अवस्था कमजोर भएका मजदुरलगायतको नाममा फर्म दर्ता गरी सञ्चालन गरेको खुलेको छ। उनीहरुकै नाममा गलत प्रयोजनका लागि बैंक खातासमेत खोलेको भेटिएको छ।

आर्थिक वर्ष २०७१/७२ देखि २०७४/७५ सम्म उनीहरुले नक्कली बिक्री बिजक जारी गरी भ्याट छली गरेको पाइएको विभागले जनाएको छ ।

विभागका अनुसार भ्याटतर्फ ४३ करोड ८१ लाख ८० हजार ३७८, आयकरतर्फ ८६ करोड ५६ लाख एक हजार र लाभांश करतर्फ दुई करोड आठ लाख ३० हजार ४०२ बराबरको राजश्व चुहावट गरेको भेटिएको छ।

प्रकाशित मिति : १७ पुस २०७७, शुक्रबार  १० : ५५ बजे

दक्षिण कोरियाकी पूर्व प्रथम महिला किम केओन हीलाई २० महिना जेल

सियोल– दक्षिण कोरियाको अदालतले देशकी पूर्व प्रथम महिला किम केओन

काठमाडौंमा यस वर्षको पहिलो हिउँदे वर्षा (तस्बिरहरू)

काठमाडौं– काठमाडौंमा आज यस वर्षको पहिलो हिउँदे वर्षा भएको छ

‘सरकारले जनताको विश्वास जित्न सकेन, मन्त्रीले सुशासनको एजेण्डालाई लत्त्याए’

काठमाडौं– राष्ट्रियसभा सदस्यहरूले जेन-जी आन्दोलनपछि बनेको सरकारले जनताको विश्वास जित्न

संयुक्त राष्ट्र सुरक्षा परिषदले ‘होडैदा मिसन’ बन्द गर्दै

काठमाडौं– संयुक्त राष्ट्र सुरक्षा परिषदले यमनको ‘होडैदा’ क्षेत्रमा सञ्चालन हुँदै

आफ्नै थातथलोमा उम्मेदवारीबाट वञ्चित बन्दै नेवार समुदाय

काठमाडौं– काठमाडौं विशेषगरी नेवाः सभ्यताको धनी ठाउँ हो । तर,