कालीपुलमा होल्डिङ सेन्टर « Khabarhub

कालीपुलमा होल्डिङ सेन्टर


१८ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी- म्याग्दी भित्रिने प्रमुख नाका कालीपुल बसपार्कमा शुक्रबारदेखि होल्डीङ सेन्टर सञ्चालन भएको छ ।

दोस्रो लहरको कोरोना भाइरस रोकथामका लागि विदेश र बाहिरी जिल्लाबाट आउने जाने व्यक्तिहरूका लागि होल्डिङ सेन्टर सञ्चालन गरिएको हो ।

जिल्ला प्रशासन कार्यालयको समन्वयमा जिल्लाका सबै स्थानीय तहसँग सहकार्य गरेर कालिपुलको पर्यटक सूचना केन्द्रको भवनमा होल्डिङ सेन्टर तथा नागरिक सहायता कक्ष सञ्चालन गरिएको प्रहरी नायव उपरीक्षक श्यामकुमार राईले बताए ।

होल्डिङ सेन्टरमा बाहिरी जिल्ला र विदेशबाट म्याग्दी आउने नागरिकहरुको बिस्तृत विववरणसहितको अभिलेख राख्ने र सम्बन्धित वडाका जनप्रतिनिधीसँग समन्वय गरेर घर पठाउने व्यवस्था मिलाइने छ ।

कोरोना फैलिएका जिल्ला र शहरबाट आउनेहरू सिधै गाउँमा पुगेर क्वारेन्टिनमा नबसी अन्य नागरिकको सम्पर्कमा जाँदा कोरोना फैलने खतरा देखिएपछि कोभिड–१९ जिल्ला सङ्कट व्यवस्थापन केन्द्रले होल्डिङ सेन्टर ब्युँताउँने निर्णय गरेको थियो ।

यसअघि गत असोजसम्म बेनीमा होल्डिङ सेन्टर सञ्चालन भएको थियो । होल्डिङ सेन्टरमा म्याग्दीका छ वटै स्थानीय तहका एकएक जना कर्मचारी खटिएका छन् ।

कालीपुलको चेकपोष्टबाट भित्र्ने सवारी साधनका यात्रुलाई सिधै होल्डिङ सेन्टरमा ल्याएर झारिनेछ ।

चेक पोष्टदेखि होल्डिङ सेन्टरसम्म सवारी साधन र यात्रुलाई ल्याउन सुरक्षाकर्मीले निगरानी गर्ने भएका छन् ।

शुक्रबार म्याग्दीमा थप ६ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । बिहीबारसम्म जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या ४८ जना थियो ।

प्रकाशित मिति : १८ बैशाख २०७८, शनिबार  ६ : ५० बजे

रास्वपाको चुनावी भिडियो विवाद:’हामी दिदी-भाइ हौँ, व्यक्तिगत सम्बन्धसँग जोड्नु निन्दनीय’

अर्घाखाँची – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अर्घाखाँचीको जिल्ला अधिवेशनका क्रममा

जवाफ थाहा भएका प्रश्नले किन पिरोल्छ ?

एकपटक नौ अङ्कले आठ अङ्कलाई थप्पड हान्यो । पीडा सहन

थाइल्यान्डसँग ५६ रनले पराजित हुँदै नेपाल प्रिमियर कपको क्वार्टरफाइनलबाटै बाहिरियो

काठमाडौँ – मलेसियामा जारी एसीसी महिला प्रिमियर कपको क्वार्टरफाइनलमा थाइल्यान्डसँग

‘जान्नेलाई छान्ने’ नारा योग्यता होइन, भ्रष्टताको संस्थागत रूप हो : महासचिव पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले नयाँ शक्तिका रूपमा

कांग्रेस संस्थापनको ‘सात बुँदे प्रस्ताव’ हल्ला मात्रै भएको शेखर सचिवालयको भनाइ

काठमाडौँ – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाको सचिवालयले संस्थापन