बाढीले कमला नदीको पुल भासियो « Khabarhub

बाढीले कमला नदीको पुल भासियो


१७ असार २०७८, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– निर्माण पूरा भइ सञ्चालनको तयारीमा रहेको कमला नदीको पुल भासिएको छ । लगातारको वर्षाले नदीमा बाढी आउँदा पुल भासिएको हो ।

हुलाकी राजमार्ग अन्तर्गत धनुषा–सिरहा जोड्ने कमला नदीको पुल सञ्चालनको तयारी भइरहेको बेला भासिएको हो ।

पुलको पिलर एक फिट भासिएको सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले जानकारी दिए । उनका अनुसार नदीमा बाढी आएको बेला आज विहान पूर्वबाट पश्चिमको दोस्रो (स्पान –पिलर) भाँसिएको छ ।

उनका अनुसार पुलमा १२ वटा स्पान रहेको छ । जसमध्ये एउटा एक फिट भाँसिएको छ । सञ्चालन नुहँदै पुलको पिलर भासिन थालेपछि प्रमुख जिल्ला अधिकारी कँडेलले छानविनको माग गरेका छन् ।

उनले गृह मन्त्रालयलाई छानविन गर्न सिफारिस गर्दै पुलको डिजाईन गलत वा डिजाइनअनुसार काम नभएको बताउँदै पिलर भासिएको हुन सक्ने बताए ।

चार सय ७० मिटर लामो पुल निर्माणका लागि ०६८ सालमै पप्पु–लुम्बिनी बिल्डर्सले ठेक्का लिएको थियो । सुरुमा पप्पुले मात्र काम गरे । करिब ३५ प्रतिशत काम सकेका पप्पुले घाटा लाग्ने अवस्था देखेपछि हात झिके । त्यसपछि लुम्बिनी बिल्डर्सले बाँकी काम गरेको छ ।

भासिएको स्पान निर्माणको काम पप्पुले नै गराएको भन्दै लुम्बिनी बिल्डर्सले माथिको काम मात्र गराएको प्रजिअ कडेँलले बताए । पुल मात्र ४२ महिनामा निर्माण हुनुपर्ने थियो । तर झण्डै १० वर्षपछि निर्माण पुरा भए पनि हस्तान्तर नहुँदै भासिएको हो ।

प्रकाशित मिति : १७ असार २०७८, बिहिबार  ४ : २० बजे

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण

रवीन्द्र मिश्रले भने : ‘सत्ता कब्जा’काे सङ्केत देखियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौं – नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस