एनआरएनए साउदीको अध्यक्षमा यादव « Khabarhub

एनआरएनए साउदीको अध्यक्षमा यादव


१७ श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- गैरआवासीय नेपाली संघ (एनआरएनए) साउदीको अध्यक्षमा डम्बर कुमार यादव निर्वाचित भएका छन् ।

अर्का प्रतिस्पर्धी रोशन श्रेष्ठलाई हराउदै यादव २०२१-२०२३ कार्यकालको अध्यक्षमा निर्वाचित भएका हुन् ।

अनलाइन मार्फत भएको मतदानमा यादवले २२५ मत प्राप्त गरेका थिए भने उनका प्रत्यासी श्रेष्ठले २४ मत मात्र प्राप्त गरेको निर्वाचन समितिका संयोजक राजेन्द्र अर्यालले जानकारी दिए ।

संयोजक अर्यालका अनुसार मोबाइल एसएमएस र इमेलबाट कुल ३७६ मत खसेको थियो ।  खसेको मतमध्ये ९ मत बदर भएको थियो भने बाँकी ११८ मत निर्धारित समय सकेपछि अनाधिकृत फोन नम्बर र इमेल आएका हुनाले मान्यता नदिएको उनले बताए ।

त्यसैगरी समितिको वरिष्ठ उपाध्यक्षमा ध्रुब रिजाल, उपाध्यक्ष रबिना अर्याल, रामबहादुर क्षेत्री, अर्जुन थापा र भक्तवीर राई निर्विरोध चयन भएको समितिले जनाएको छ । महासचिवमा उमेश भट्टराई, सचिवमा कृष्ण कुमार श्रेष्ठ, सहकोषाध्यक्षमा सत्य केसी चयन भएका छन् ।

सदस्यहरुमा शुक्र लामा, मुकेश कुमार शिह, मधु सुदन अर्याल, नरेश कुमार यादव र गणेश अर्याल चयन भएका छन् । आईसीसी सदस्यमा वर्तमान अध्यक्ष तेज बहादुर थापा निर्विरोध चयन भएको समितिले जनाएको छ ।

प्रकाशित मिति : १७ श्रावण २०७८, आइतबार  ९ : १० बजे

हर्मुज खोल्ने इरानी प्रस्तावमा अमेरिकी जवाफको प्रतीक्षा

न्युयोर्क- इरानका विदेशमन्त्री अब्बास अराघचीले हर्मुज जलघाँटी पुनःखोल्ने विषयमा इरानले राखेको

प्रधानमन्त्रीले बोलाए ३ बजे मन्त्रिपरिषद्को बैठक

काठमाडौं– मन्त्रिपरिषद्को बैठक आज ३ बजे बस्ने भएको छ । 

पूर्व प्रधानन्यायाधीश पक्राउको विषयमा सर्वोच्च अदालतले विज्ञप्ति निकाल्न मिल्छ ?

काठमाडाैँ – सोमबार राति पूर्व प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई उपत्यका

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष होइन, विपद् राहत कोष नाम राखौँ : जगदीश खरेल

काठमाडौंं– प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको नाम फेर्न राष्ट्रिय स्वतन्त्र

रसुवा बाढीबारे सरकारी कामकारबाहीको जानकारी माग

काठमाडौं– श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले रसुवा बाढीपछि सरकारले