कोरोना सङ्क्रमणबाट दुईको मृत्यु « Khabarhub

कोरोना सङ्क्रमणबाट दुईको मृत्यु


१७ श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ओखलढुंगा– कोरोना सङ्क्रमणबाट ओखलढुंगामा दुई पुरुषको मृत्यु भएको छ । सिद्धिचरण नगरपालिका वडा नं १२ का ६९ वर्षीय र वडा नं ११ का ७० वर्षीय पुरुषको कोरोना सङ्क्रमणबाट मृत्यु भएको हो ।

वडा नं ११ का पुरुषको गएराति उपचारका क्रममा ओखलढुङ्गा सामुदायिक अस्पतालमा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख सुमन तिवारीले जानकारी दिए । कोरोना सङ्क्रमण देखिएपछि यही साउन ९ गते उनलाई अस्पताल भर्ना गरिएको थियो ।

यस्तै वडा नं १२ का एक पुरुषको आज बिहान मृत्यु भएको छ । उनी यही साउन १४ गते कोरोना सङ्क्रमित भएर अस्पतालमा भर्ना भएका थिए । उनको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । यहाँ कोरोना सङ्क्रमण भएर मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ ।

प्रकाशित मिति : १७ श्रावण २०७८, आइतबार  १ : २९ बजे

हर्मुज खोल्ने इरानी प्रस्तावमा अमेरिकी जवाफको प्रतीक्षा

न्युयोर्क- इरानका विदेशमन्त्री अब्बास अराघचीले हर्मुज जलघाँटी पुनःखोल्ने विषयमा इरानले राखेको

प्रधानमन्त्रीले बोलाए ३ बजे मन्त्रिपरिषद्को बैठक

काठमाडौं– मन्त्रिपरिषद्को बैठक आज ३ बजे बस्ने भएको छ । 

पूर्व प्रधानन्यायाधीश पक्राउको विषयमा सर्वोच्च अदालतले विज्ञप्ति निकाल्न मिल्छ ?

काठमाडाैँ – सोमबार राति पूर्व प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई उपत्यका

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष होइन, विपद् राहत कोष नाम राखौँ : जगदीश खरेल

काठमाडौंं– प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको नाम फेर्न राष्ट्रिय स्वतन्त्र

रसुवा बाढीबारे सरकारी कामकारबाहीको जानकारी माग

काठमाडौं– श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले रसुवा बाढीपछि सरकारले