ईपीएल : हाई स्कोरिङ खेलमा ललितपुरको पहिलो जित | Khabarhub Khabarhub

ईपीएल : हाई स्कोरिङ खेलमा ललितपुरको पहिलो जित


१५ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– डिफेण्डिङ च्याम्पियन ललितपुर प्याट्रीयट्सले चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटमा शुक्रबार पहिलो जित हात पारेको छ ।

त्रिवि क्रिकेट मैदानमा शुक्रबार विराटनगर वारियर्सलाई ३७ रनले पराजित गर्दै ललितपुरले पहिलो जित दर्ता गरेको हो ।

ललितपुरले दिएको २ सय २७ रनको लक्ष्य पाएको विराटनगरले जवाफी ब्याटिङ गर्दै २० ओभरमा ८ विकेट गुमाएर १ सय ८९ रन मात्र बनाउन सक्यो ।

विराटनगरका लागि दिल्शन मुनाविराले ५९ रनको अर्धशतकीय इनिङ्स खेले पनि टोलीको हार टार्न सकेनन् ।

यस्तै आसिफ शेखले ३७ रन जोड्दा चन्द्रपउल हेमराजले २८ रन जोडे । सिकन्दर राजा २४ रनमा आउट भए ।

अनिल साह ८, कप्तान करण केसी ४, सुमित महर्जन २ रनमा आउट हुँदा सौरभ खनाल शून्य रनमा आउट भए।

बसन्त रेग्मी ९ रनमा अविजित रहँदा प्रतिष जिसीले अविजित ४ रन बनाए ।

ललितपुरका अज्मतुल्लाह ओमारजाईले ४ विकेट लिए । ललित राजवंशीले २ तथा योगेन्द्र सिंह कार्कीले १ विकेट लिए ।

यसअघि सन्दुन विराकोड्डी र अज्मतुल्लाह ओमारजाईको अर्धशतकीय इनिङ्स खेलेपछि ललितपुरले ५ विकेट गुमाएर निर्धारित २० ओभरमा २ सय २६ रनको विशाल योगफल तयार पारेको थियो ।

ललितपुरले तयार पारेको यो योगफल ईपीएल इतिहासकै सर्वाधिक ठूलो योगफल हो । यस अघि २०१८ मा भैरहवा ग्लाडीयटर्सले पोखरा राइनोजविरुद्ध बनाएको २ सय १६ रन सर्वाधिक उच्च रहेको थियो ।

प्रकाशित मिति : १५ आश्विन २०७८, शुक्रबार  १ : ४८ बजे

कञ्चनपुरमा मृत भेटिए दम्पती

कञ्चनपुर – लालझाडी गाउँपालिका–१ विनाबारीका ४५ वर्षीय रमेश बडायक र

प्राधिकरणले काट्यो ३४ उद्योगको लाइन, ८ वटाले गरे किस्ताबन्दीमा बिल बुझाउने सम्झौता

काठमाडौं –  नेपाल विद्युत प्राधिकरणले शुक्रबार बिहानसम्म ३४ उद्योगको लाइन

डेङ्गी नियन्त्रण प्रयास : आज सरसफाइ अभियान

काठमाडौं– सरकारले डेङ्गीको महामारी फैलन नदिन आज देशभरका सरकारी कार्यालय

सत्ता समीकरण दलहरूको बैठक बस्दै

काठमाडौं – आज सत्ता समीकरणमा रहेका दलको बैठक बस्ने भएको छ

‘पर्यावरण संरक्षणका लागि ग्रीनसिफ्ट अभियान महत्वपूर्ण’ 

धुलिखेल – नेपालका लागि युरोपेली सङ्घ (इयू) का राजदूत भेरोनिक