नयाँ बर्षको पहिलो दिन जन्मिए तीन लाख ७१ हजार शिशु « Khabarhub

नयाँ बर्षको पहिलो दिन जन्मिए तीन लाख ७१ हजार शिशु


१८ पुस २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- नयाँ बर्ष सन् २०२१ को पहिलो दिन जनवरी १ का दिन संसारभरी तीन लाख ७१ हजार ५०४ जना जन्मिएको युनिसेफले जनाएको छ ।

‘हजारौँ नयाँ सुन्दर बालबालिकाहरुलाई स्वागत गर्न पाइएको छ, यसले हामीलाई रोमान्चित बनाएको छ,’ कम्बोडियाका लागि युनिसेफका प्रतिनिधि फोरुघ फोयौजातले भने ।

गत बर्ष सन् २०२० सवैका लागि चुनौतीपूर्ण वर्ष बनेको थियो, त्यसमा पनि बालबालिकाहरुका लागि झनै चुनौतीपूर्ण भएको थियो, तथापि कम्बोडियाले कोरोनाभाइरसको महामारीमा राम्रो व्यवस्थापन गरेको पाइयो, ‘ उनले जारी गरेको वक्तव्यमा लेखिएको छ ।

संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ)ले शुक्रबार सार्वजनिक गरेको विवरण अनुसार कोम्बोडियामा यस बर्षको पहिलो दिन ९७१ जना जन्मिएका हुन् ।

अरु देशको तुलनामा राम्रो व्यवस्थापन भएको अवस्थालाई निरन्तरता दिन कम्बोडिया सफल हुने पनि उनले आशा व्यक्त गरे ।

कम्बोडियामा जन्मिएका बालबालिकाको भविश्य सुनौलो बनाउनका लागि युनिसेफले पनि सक्दो सहयोग गर्ने उनले आश्वासन दिए ।

युनिसेफले सन् १९५२ देखि बालबालिकाको अधिकार र कल्याणका लागि कम्बोडियामा समेत काम गरिरहेको वक्तव्य मार्फत जानकारी दिएको छ ।

सन् २०२० मा भने युनिसेफले कम्बोडिया सरकार र यसका साझेदारहरुलाई कोरोनाविरुद्ध लड्नका लागि पनि सहयोग गरेको थियो ।

विशेष गरेर दुर शिक्षा, विद्यालय सञ्चालन, कोरोनाबाट सुरक्षित गर्न, सफा खानेपानी, पोषिलो खाद्य पदार्थलगायतका क्षेत्रमा सहयोग गरेको हो ।

प्रकाशित मिति : १८ पुस २०७७, शनिबार  ५ : ५५ बजे

दक्षिण कोरियाकी पूर्व प्रथम महिला किम केओन हीलाई २० महिना जेल

सियोल– दक्षिण कोरियाको अदालतले देशकी पूर्व प्रथम महिला किम केओन

काठमाडौंमा यस वर्षको पहिलो हिउँदे वर्षा (तस्बिरहरू)

काठमाडौं– काठमाडौंमा आज यस वर्षको पहिलो हिउँदे वर्षा भएको छ

‘सरकारले जनताको विश्वास जित्न सकेन, मन्त्रीले सुशासनको एजेण्डालाई लत्त्याए’

काठमाडौं– राष्ट्रियसभा सदस्यहरूले जेन-जी आन्दोलनपछि बनेको सरकारले जनताको विश्वास जित्न

संयुक्त राष्ट्र सुरक्षा परिषदले ‘होडैदा मिसन’ बन्द गर्दै

काठमाडौं– संयुक्त राष्ट्र सुरक्षा परिषदले यमनको ‘होडैदा’ क्षेत्रमा सञ्चालन हुँदै

आफ्नै थातथलोमा उम्मेदवारीबाट वञ्चित बन्दै नेवार समुदाय

काठमाडौं– काठमाडौं विशेषगरी नेवाः सभ्यताको धनी ठाउँ हो । तर,