काठमाडौँ– नेपालमा कोरोना संक्रमितको संख्या बढेसँगै आईसीयू र भेन्टिलेटरमा उपचाररतको संख्या पनि बढेको छ ।
हाल भेन्टिलेटर र आईसीयूमा गरी कूल ६०८ जना सक्रमितको उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो विवरणअनुसार हाल देशभर १३१ जना संक्रमित भेन्टिलेटरमा र ४७७ को आईसीयूमा उपचारत छन्।
मन्त्रालयको विवरणअनुसार हाल प्रदेश १ मा ५४ जना संक्रमित आईसीयूमा र भेन्टिलेटर १४, प्रदेश २ मा हाल आईसीयूमा २४ जना र भेन्टिलेटरमा २ जना उपचाररत छन् । यसैगरी बाग्मती प्रदेशमा २५४ जना आईसीयूमा र ७७ जना भेन्टिलेटरमा उपचाररत छन् ।
यसैगरी गण्डकी प्रदेशमा ५ जना आईसीयूमा र १ जना भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा ७७ जना आईसीयूमा र २१जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।
मन्त्रालयको तथ्यांकअनुसार कर्णाली प्रदेशमा ३३ जना आईसीयूमा र भेन्टिलेटरमा ७ तथा सुदूरपश्चिम प्रदेशमा ३० जना आईसीयूमा र ९ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ।
प्रतिक्रिया