नेपालमा कोरोना संक्रमणको दर बढ्दो, एक सातामा मात्रै थपिए करीव ३६ हजार कोरोना संक्रमित « Khabarhub

नेपालमा कोरोना संक्रमणको दर बढ्दो, एक सातामा मात्रै थपिए करीव ३६ हजार कोरोना संक्रमित


१९ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा कोरोना संक्रमणको दर तीव्र रुपमा फैलिएको छ । पछिल्लो केही दिन यता देशभर दैनिक साढे पाँच हजार भन्दा बढी कोरोना संक्रमित थपिने गरेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो एक सातामा मात्रै पीसीआर परीक्षणको रिपोर्ट अनुसार करीव ३६ हजारमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।

एक हप्ता अगाडि गत वैशाख १२ गते आइतबार नेपालमा कोरोना संक्रमितको संख्या ३ लाख ११९ थियो भने आज ३ लाख ३६ हजार ३० पुगेको छ । यो तथ्यांकलाई हेर्दा एक हप्तामा मात्रै नेपालमा कोरोना संक्रमितको संख्या ३५ हजार ९११ जना थपिएका छन् ।

पीस‍ीआर र एन्टिजेन परीक्षणमा कुन दिन कति संक्रमित थपिए ?

आइतबार- ३ हजार १२२ जना

सोमबार- ३ हजार ५ सय ५६ जना

मङगलबार- ४ हजार ५ सय २४

बुधबार- ४ हजार ८ सय ९७

बिहीबार- ४ हजार ९ सय २८

शुक्रबार- ५ हजार ७ सय २७

शनिबार- ५ हजार ७ सय ६३

आइतबार (आज) ७ हजार २ सय ११ जना

मन्त्रालयको तथ्यांक अनुसार कोरोना संक्रमित सख्या सबै भन्दा बढि काठमाडौंमा रहेको छ ।

प्रकाशित मिति : १९ बैशाख २०७८, आइतबार  ६ : २१ बजे

कांग्रेस महाधिवेशन : चार प्रदेशका केन्द्रीय सदस्यको मतगणना आजदेखि

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत चार प्रदेशबाट केन्द्रीय सदस्य

प्रधानमन्त्री शाहले गरे पलाञ्चोक भगवतीको दर्शन

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकास्थित पलाञ्चोक भगवतीको पूजा

दुर्गा पूजाका क्रममा करेन्ट लागेर चौधरीको निधन

उदयपुर– दुर्गा पूजाका लागि विद्युत् लाइन जोड्ने क्रममा करेन्ट लागेर

नेपालबाट भारत जाने यात्रुले पावर बैंक बोक्न नपाउने

काठमाडौं – नेपालबाट भारत जाने यात्रुले अब हवाई यात्राका क्रममा

पार्टीलाई अघि बढाउन सही पद्धति बसाल्ने

काठमाडौं– नेपाली कांग्रेसका नवनिर्वाचित उपसभापति मधु आचार्यले पार्टीलाई अघि बढाउन