यूरोकपलाई लक्षित गरी डिसहोमको ‘मेरो मनको दोस्रो देश’ अभियान शुरु « Khabarhub

यूरोकपलाई लक्षित गरी डिसहोमको ‘मेरो मनको दोस्रो देश’ अभियान शुरु


१९ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– डिसहोमले ‘मेरा मनको दोस्रो देश‘ अभियान शुरु गरेको छ ।

यूईएफए यूरो २०२० का फुटबल प्रेमी दर्शकहरुलाई लक्षित गरि डिसहोमले सो अभियान शुरु गरेको हो । गत वर्ष महामारीको कारण रद्ध गरिएको यूईएफए यूरो २०२० यस वर्ष प्रसारण गर्ने डिसहोमले जनाएको छ ।

दर्शकहरुले यो फुटबल प्रतियोगिता डिसहोमको एच.डि च्यानल एक्सन स्पोर्टस्मा हेर्न सक्ने जनाइएको छ । सामाजिक संजालहरुमा #MeroMankoDosroDesh ट्रेन्ड गराइ यस योजनाले फुटबल प्रतियोगितालाई दर्शकहरु बीच रोमान्चकारी बनाउने विश्वास लिएको कम्पनीले जनाएको छ ।

यस अन्तर्गत फ्यानहरुले आफूले प्रशंसा र समर्थन गरेको आफ्नो मनको दोस्रो देशलाई ट्याग गर्न सक्दछन् । यस माध्यमबाट उनीहरुले आफ्नो पक्ष र विपक्ष टीमलाई अरु कसले समर्थन गरिरहेका छन् भन्ने बारे जानकारी प्राप्त गर्नेछन् ।

यस अभियानबाट डिसहोमले समय समयमा कुन देशका सबै भन्दा धेरै समर्थक छन् भन्ने विवरण पनि निकाल्ने जनाएको छ । जुन ह्यास्ट्यागरको मनको दोस्रो देश फाइनलमा जान्छ र खेल जित्छ, उनैले भाग्यशाली ड्र मार्फत बम्पर पुरस्कार प्राप्त गर्न सकिने जनाइएको छ । यस बाहेक, फ्यानहरुले सामाजिक संजालमा प्रतियोगिताको भविष्यवाणीमा भाग लिइ विभिन्न उपहारहरु जित्न सक्नेछन् ।

अभियानमा भाग लिन सहभागीहरुले डिसहोमको फेसबुक पेज लाइक गर्नुपर्नेछ । यसैगरी आफ्नो फेसबुकको पोस्टमा अनिवार्य रुपमा #MeroMankoDosroDesh गर्नुपर्नेछ र आपूँmले समर्थन गरेको देशको नाम उल्लेख गर्नुपर्नेछ । खेलको बीच अन्तरालमा समर्थन गरिएको देश परिवर्तन गर्न पाइने छैन । प्रतियोगिताको क्वाटर फाइनल सम्मको ह्यास्ट्याग मात्र लक्की ड्रमा गणना हुनेछ । सहभागीहरुले खेलको अन्त्य सम्म आफ्नो मनको देशलाई समर्थन गरि #MeroMankoDosroDesh संगै खेल सम्बन्धित पोस्ट गर्न सक्नेछन् । विजेता राष्ट्र, पहिलो रनर राष्ट्र र दोस्रो रनर राष्ट्र गरि तीन राष्ट्रका समर्थकले लक्की ड्रबाट बम्पर पुरस्कार जित्ने डिसहोमले जनाएको छ । विजेताहरुको घोषणा डिसहोमको फेसबुक पेजमा लक्की ड्रको माध्यमबाट गरिने जनाइएको छ ।

प्रकाशित मिति : १९ जेठ २०७८, बुधबार  ९ : १३ बजे

आजको मौसम : पश्चिमी वायुको आंशिक प्रभाव कायमै, तराईमा हुस्सुको पीडा उस्तै

काठमाडौं – हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम छ।

भक्तपुरमा पुरानालाई नयाँको चुनौती : महेश बस्नेतसँग भिड्दै राजीव खत्री र दीपशिखा

भक्तपुर – आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि

निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध उजुरी दिन के के गर्नुपर्छ ?

काठमाडौं – प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारको विरोधमा आज

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल माघ ७ गते बुधबार माघ