यूरोकपलाई लक्षित गरी डिसहोमको ‘मेरो मनको दोस्रो देश’ अभियान शुरु « Khabarhub

यूरोकपलाई लक्षित गरी डिसहोमको ‘मेरो मनको दोस्रो देश’ अभियान शुरु


१९ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– डिसहोमले ‘मेरा मनको दोस्रो देश‘ अभियान शुरु गरेको छ ।

यूईएफए यूरो २०२० का फुटबल प्रेमी दर्शकहरुलाई लक्षित गरि डिसहोमले सो अभियान शुरु गरेको हो । गत वर्ष महामारीको कारण रद्ध गरिएको यूईएफए यूरो २०२० यस वर्ष प्रसारण गर्ने डिसहोमले जनाएको छ ।

दर्शकहरुले यो फुटबल प्रतियोगिता डिसहोमको एच.डि च्यानल एक्सन स्पोर्टस्मा हेर्न सक्ने जनाइएको छ । सामाजिक संजालहरुमा #MeroMankoDosroDesh ट्रेन्ड गराइ यस योजनाले फुटबल प्रतियोगितालाई दर्शकहरु बीच रोमान्चकारी बनाउने विश्वास लिएको कम्पनीले जनाएको छ ।

यस अन्तर्गत फ्यानहरुले आफूले प्रशंसा र समर्थन गरेको आफ्नो मनको दोस्रो देशलाई ट्याग गर्न सक्दछन् । यस माध्यमबाट उनीहरुले आफ्नो पक्ष र विपक्ष टीमलाई अरु कसले समर्थन गरिरहेका छन् भन्ने बारे जानकारी प्राप्त गर्नेछन् ।

यस अभियानबाट डिसहोमले समय समयमा कुन देशका सबै भन्दा धेरै समर्थक छन् भन्ने विवरण पनि निकाल्ने जनाएको छ । जुन ह्यास्ट्यागरको मनको दोस्रो देश फाइनलमा जान्छ र खेल जित्छ, उनैले भाग्यशाली ड्र मार्फत बम्पर पुरस्कार प्राप्त गर्न सकिने जनाइएको छ । यस बाहेक, फ्यानहरुले सामाजिक संजालमा प्रतियोगिताको भविष्यवाणीमा भाग लिइ विभिन्न उपहारहरु जित्न सक्नेछन् ।

अभियानमा भाग लिन सहभागीहरुले डिसहोमको फेसबुक पेज लाइक गर्नुपर्नेछ । यसैगरी आफ्नो फेसबुकको पोस्टमा अनिवार्य रुपमा #MeroMankoDosroDesh गर्नुपर्नेछ र आपूँmले समर्थन गरेको देशको नाम उल्लेख गर्नुपर्नेछ । खेलको बीच अन्तरालमा समर्थन गरिएको देश परिवर्तन गर्न पाइने छैन । प्रतियोगिताको क्वाटर फाइनल सम्मको ह्यास्ट्याग मात्र लक्की ड्रमा गणना हुनेछ । सहभागीहरुले खेलको अन्त्य सम्म आफ्नो मनको देशलाई समर्थन गरि #MeroMankoDosroDesh संगै खेल सम्बन्धित पोस्ट गर्न सक्नेछन् । विजेता राष्ट्र, पहिलो रनर राष्ट्र र दोस्रो रनर राष्ट्र गरि तीन राष्ट्रका समर्थकले लक्की ड्रबाट बम्पर पुरस्कार जित्ने डिसहोमले जनाएको छ । विजेताहरुको घोषणा डिसहोमको फेसबुक पेजमा लक्की ड्रको माध्यमबाट गरिने जनाइएको छ ।

प्रकाशित मिति : १९ जेठ २०७८, बुधबार  ९ : १३ बजे

हात्तिवन क्षेत्रमा अतिक्रमण गरेर बनाएका संरचनामा डोजर

काठमाडौं उपत्यका बिकास प्राधिकरणले ललितपुरको हात्तिवन क्षेत्रमा अतिक्रमित गरि बनाएका

रास्वपा बैठक : उपसभापति वाग्ले पनि अनुपस्थित

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठकमा पार्टी उपसभापति स्वर्णिम

संसदीय सुनुवाइ समितिका सुरक्षासम्बन्धी उजुरी, छानबिनका लागि मन्त्रालय पठाइने

काठमाडौं– संघीय संसद अन्तर्गतको संसदीय सुनुवाइ समितिले सुरक्षासँग सम्बन्धित प्राप्त

गरिमालाई न्याय माग्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– बलात्कारपछि हत्या गरिएकी बाराकी ३ वर्षीया बालिका गरिमा चौधरीलाई

हामीले नोटबन्दीबारे सोचेका छैनौँ : अर्थमन्त्री डा. वाग्ले

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले नोटबन्दी गर्नेबारे नसोचेको बताएका