धौलागिरि हिमालको फोहोर संकलन र प्रशोधन गर्न युनिलिभरको सहयोग « Khabarhub

धौलागिरि हिमालको फोहोर संकलन र प्रशोधन गर्न युनिलिभरको सहयोग


१९ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- युनिलिभरले धौलागिरि हिमालको फोहोर संकलन र प्रशोधन गर्न सहयोग गरेको छ ।

‘विश्वलाई दिगो साझा बासस्थान बनाउने’ प्रतिबद्धताको एक अंशका रूपमा ‘सफा हिमाल सफाइ अभियान–२०२१’ मा नेपाली सेनासँग यनिलिभरले हातेमालो गरेको हो ।

नेपाली सेनाको मुख्यालय, जङ्गी अड्डा काठमाडौंमा आयोजित कार्यक्रममा नेपाली सेनाको राष्ट्रिय निकुञ्ज तथा वन्यतन्तु आरक्ष निर्देशानालयका निर्देशक सहायक रथी हिमांशु खड्काले उक्त सहयोगका लागि युनिलिभर नेपाललाई बधाइ दिएका छन् ।

‘सफा हिमाल अभियानलाई सहयोगका लागि म युनिलिभर नेपाललाई धन्यवाद दिन चाहन्छु । हिमालय श्रृङ्खला सफा राख्ने यो पहलबाट तपाईंहरूले सबै नेपालीको मनलाई छुनु भएको छ,’ सहायक रथी खड्काले भने ।

कार्यक्रममा युनिलिभर नेपालका प्रबन्ध निर्देशक अम्लान मुखर्जीले पठाएको सन्देशमा भनिएको छ, ‘प्राकृतिक संसार हराउँदै गएको छ र यो डरलाग्दो दरले क्षतिग्रस्त हुँदै गएको छ र यो अवस्थालाई उल्ट्याउनका लागि युनिलिभर नेपालले धौलागिरि हिमाल सफा गर्र्नुभन्दा राम्रो मुद्दा अर्को हुन सक्दैन अनि यसका लागि सबैभन्दा विश्वासिलो साझेदार नेपाली सेना नै हो ।’

यो अभियानअन्तर्गत धौलागिरी हिमालबाट ५०२० किलो फोहोर संकलन गरिएकोमध्ये सड्ने–कुहिने तीन सय किलो फोहोर धौलागिरी गाउँपालिकालाई बुझाइएको थियो भने नकुहिने चार हजार सात सय २० किलो फोहर पुन:प्रशोधन (रिसाइकल) गरि व्यवस्थापन गर्ने प्रयोजनको लागि हस्तान्तरण गरिएको छ । युनिलिभर पृथ्वीको वातावरणीय स्वास्थ्य सुधार गर्न प्रतिबद्ध रहेको बताएको छ ।

प्रकाशित मिति : १९ जेठ २०७८, बुधबार  ६ : १९ बजे

हात्तिवन क्षेत्रमा अतिक्रमण गरेर बनाएका संरचनामा डोजर

काठमाडौं उपत्यका बिकास प्राधिकरणले ललितपुरको हात्तिवन क्षेत्रमा अतिक्रमित गरि बनाएका

रास्वपा बैठक : उपसभापति वाग्ले पनि अनुपस्थित

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठकमा पार्टी उपसभापति स्वर्णिम

संसदीय सुनुवाइ समितिका सुरक्षासम्बन्धी उजुरी, छानबिनका लागि मन्त्रालय पठाइने

काठमाडौं– संघीय संसद अन्तर्गतको संसदीय सुनुवाइ समितिले सुरक्षासँग सम्बन्धित प्राप्त

गरिमालाई न्याय माग्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– बलात्कारपछि हत्या गरिएकी बाराकी ३ वर्षीया बालिका गरिमा चौधरीलाई

हामीले नोटबन्दीबारे सोचेका छैनौँ : अर्थमन्त्री डा. वाग्ले

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले नोटबन्दी गर्नेबारे नसोचेको बताएका