‘मिष्टर भर्जिन’ निर्देशक विशारदको कोभिडका कारण निधन « Khabarhub

‘मिष्टर भर्जिन’ निर्देशक विशारदको कोभिडका कारण निधन


१८ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोभिड–१९ को संक्रमणका कारण फिल्म निर्देशक तथा कलाकार विशारद बस्नेतको शुक्रबार निधन भएको छ । ललितपुरको मेडिसिटी अस्पतालमा उपचाररत उनको ३९ वर्षको उमेरमा साँझ निधन भएको हो ।

भारतमा जन्मिएका विराशद नेपाली फिल्म ‘मिष्टर भर्जिन’का निर्देशक हुन् । उनले फिल्म ‘यता न उता’को सह–निर्देशन गरेका थिए । बस्नेत नेपाल फिल्म एन्ड टेलिभिजन एकेडेमीका क्रिएटिभ निर्देशक समेत थिए ।

काठमाडौंको मीनभवनस्थित एभरेष्ट फिल्म एकेडेमीमा अभिनय पढाउने विशारदले असिम शाह निर्देशित फिल्म ‘दुई रुपैयाँ’, सुब्रत आचार्य निर्देशित फिल्म ‘सुश्री सम्पत्ति’लगायतका फिल्ममा अभिनय गरेका थिए ।

विशारदले चार महिना अघि मात्र बुवा र हजुरआमा गुमाएका थिए । उनको शुक्रबार नै पशुपतिमा अन्तिम संस्कार गरिएको छ ।

प्रकाशित मिति : १८ असार २०७८, शुक्रबार  ९ : २९ बजे

बाढीमा मृत्यु तथा बेपत्ता राष्ट्रसेवकका परिवारलाई २५ हजार राहत

त्रिशूली – भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीमा परी मृत्यु तथा

‘गगनले सकेनन्, कांग्रेसलाई एक बनाएर म देखाउँछु’

काठमाडौं- नेपाल विद्यार्थी संगठनका पूर्वअध्यक्ष एवम् नेपाली कांग्रेसका पूर्वमहामन्त्री किशोर

म्याग्दीका पहिरो प्रभावित क्षेत्रमा भूगर्भविद्को अध्ययन सुरु

म्याग्दी– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा नेपाल भौगर्भिक

चितवनका १०१ पत्रकारको आँखा परीक्षण

चितवन– नेपाल नेत्रज्योति सङ्घ चितवनद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालमा आज

कांग्रेस महाधिवेशन : केन्द्रमा उम्मेदवारी दिएका नेता प्रदेश र जिल्लामा उठ्न नपाउने

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कुनै पनि केन्द्रीय पदमा उम्मेदवार