अमेरिकी अवार्डमा छानियो ‘कठपुतली’ « Khabarhub

अमेरिकी अवार्डमा छानियो ‘कठपुतली’


१८ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली हरर फिल्म ‘कठपुतली’ अमेरिकाको प्रतिष्ठित इन्टरनेशनल फिल्म फेस्टिभल ‘विन्टर फिल्म अवार्ड’मा छनोट भएको छ ।

आउँदो सेप्टेम्बर २३ देखि अक्टोबर २ सम्म चल्ने फेस्टिभलमा ‘विन्टर फियर अवार्ड हरर फिल्म कम्पिटिसन’ विधामा छनोट भएको यो फिल्म सेप्टेम्बर २६ तारिखमा त्यहाँ प्रदर्शन हुनेछ ।

फिल्मका निर्देशक भीमसेन लामाले संसारकै प्रतिष्ठित फेस्टिभलमा नेपाली फिल्म छनोट हुनु नेपाल र नेपाली फिल्मका लागि गर्वको कुरा रहेको बताए । लामा अमेरिकामा नै छन् । न्यूयोर्कको सिनेमा भिलेज थिएटर १ मा यो फेस्टिभल आयोजना हुँदैछ ।

काल्पनिक कथामा निर्माण भएको फिल्ममा गौरी मल्ल, मिथिला शर्मा, कर्मा, शिल्पा माष्के, उषा रजक, सुवर्ण थापा लगायतको अभिनय छ ।

पृथ्वी राना प्रोडक्सनको ब्यानरमा बनेको फिल्मका निर्माता पृथ्वी राना मगर हुन् भने सह निर्मातामा विशाल गुरुङ, धर्म श्रेष्ठ र हेम थापा रहेका छन् ।

निर्देशक लामाले यसअघि सट फिल्मबाट विभिन्न अन्तर्राष्ट्रिय फिल्म महोत्सवहरुमा अवार्ड जितिसकेका छन् । उनले ‘कठपुतली’ बाट फिचर फिल्ममा डेब्यू गरेका हुन् ।

‘यो फिल्म हेर्दा नेपाली दर्शकले एकदमै नयाँ अनुभव गर्नेछन्,’ उनी भन्छन्, ‘हरर फिल्म मेरो रोजाइको विषय हो र यो फिल्म मेरो ड्रिम प्रोजेक्ट हो ।’ फिल्मको पोस्ट प्रोडक्सनको सम्पूर्ण काम लण्डनमा भएको हो । यो फिल्ममा सम्पदा मल्लको लेखन छ ।

प्रकाशित मिति : १८ श्रावण २०७८, सोमबार  ३ : १५ बजे

सुनसरीमा ट्रक दुर्घटनामा पाँचजनाको मृत्यु, तीन जना घाइते

सुनसरी– सुनसरीको भोक्राह नसिंहमा ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु

अबको कांग्रेस गगन–विश्वको हो : पूर्व डीआईजी खरेल

काठमाडौं– नेपाल प्रहरीका पूर्व डीआईजी रमेश खरेलले पार्टी सभापति शेरबहादुर

माघेसङ्क्रान्तिमा देवघाट जान निःशुल्क बस सेवा

चितवन– माघेसङ्क्रान्तिको अवसरमा देवघाट क्षेत्रमा आठ वटा बसले निःशुल्क सेवा

बीपीएल : शीर्ष स्थानमा रहेको सन्दीपको टिमको खेल आज

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल) अन्तर्गत नेपाली लेग स्पिन

बाँकेमा जलपन्छीको वासस्थान जोखिममा

नेपालगन्ज– बाँकेमा पानीमा आश्रित जलपन्छीको वासस्थान जोखिममा रहेको पाइएको छ