भारतमा दैनिक सङ्क्रमितको सङ्ख्यामा फेरि वृद्धि « Khabarhub

भारतमा दैनिक सङ्क्रमितको सङ्ख्यामा फेरि वृद्धि


१७ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली– भारतमा कोरोनाभाइरसबाट नयाँ सङ्क्रमितको सङ्ख्यामा फेरि वृद्धि भएको छ । अधिकारीले बिहीबार विहान दिएको जानकारीअनुसार भारतमा पछिल्लो २४ घण्टामा ४७ हजार ९२ जना नयाँ सङ्क्रमित थपिएका हुन् ।

केन्द्रीय स्वास्थ्य मन्त्रालयले सोही अवधिमा ३५ हजार १८१ जना सङ्क्रमणमुक्त भएको जानकारी दिएको छ ।

एउटै समयमा नयाँ सङ्क्रमितको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या थोरै भएकाले सक्रिय सङ्क्रमितको सङ्ख्यासमेतमा वृद्धि भएको छ । भारतमा अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या तीन लाख ८९ हजार ५८३ रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार भारतमा अहिलेसम्म तीन करोड २० लाख २८ हजार ८२५ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् ।

भारतमा पछिल्लो २४ घण्टामा ५०९ जनाको मृत्यु भएको छ भने अहिलेसम्म कुल मृतकको सङ्ख्या चार लाख ३९ हजार ५२९ पुगेको छ ।

मृतकमध्ये १७३ जनाको केरला प्रदेशमा मात्रै मृत्यु भएको हो । केरलामा सङ्क्रमित भएकाको सङ्ख्या ३२ हजार ८०२ रहेको छ । (सिन्ह्वा)

प्रकाशित मिति : १७ भाद्र २०७८, बिहीबार  २ : ५४ बजे

खहरे खोलाको पहिरो अध्ययन गर्न विज्ञ बोलाइने

चितवन– नारायणगढ-मुग्लिन सडकखण्डको खहरे खोलामा एकाएक पहिरो झरेपछि अध्ययनका लागि

सद्भावको सन्देश लिएर जिल्ला जान आफ्ना सांसदहरुलाई रविको निर्देशन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्ना सांसदहरुलाई सद्भावको

सामाजिक सञ्जाल र पत्रकारलाई एकै घानमा हालेर सञ्चारमन्त्रीले लगाए भ्रम फैल्याएको आरोप

काठमाडौं- सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमल्सिनाले सुनसरीसहित मधेश प्रदेशका

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

काठमाडौं- धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले

रास्वपा बैठकमा रविको आक्रोश– ‘पद चाहिए मलाई भन्नू, मिडियालाई होइन’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले एक महिनापछि बुधबार