तिहारमा ‘चोर र पुलिस’ « Khabarhub

तिहारमा ‘चोर र पुलिस’


१६ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– तिहारको अवसर पारेर आगामी कार्तिक १७ गतेदेखि फिल्म ‘चोर र पुलिस’ देशभरका हलमा एकसाथ प्रदर्शनमा आउने भएको छ । फिल्म निर्माण समूहले शुक्रबार म्यूजिक नेपालको युट्युब च्यानलबाट फिल्मको टिजर सार्वजनिक गर्दै प्रदर्शन मिति तय गरेको हो ।

आरएल मोक्तानको निर्देशनमा बनेको फिल्ममा धीरेन शाक्य, राजेन्द्र खड्गी, बुद्धी तामाङ, जयनन्द लामा, जयकिसन बस्नेत, रवी गिरी, शेभित बस्नेत, रामचन्द्र अधिकारी, सुरवीर पण्डित, जाहान्वी बस्नेत, कविता राया, सुलेमान शंकर ‘इकु’, अर्जुन गुरुङ, सुभाष गजुरेल, शारदा गिरी, रश्मी भट्ट, रेशम फिरिरी, मदन ताम्राकार, आरएल लामा, सुशान्त राई ‘भाले डन’लगायतले अभिनय गरेका छन ।

आरआर फिल्मस्ले बितरण गर्ने फिल्मको निर्मातामा आर सोनाम मोक्तान र लंकामाया मोक्तान छन् । करणबहादुर विष्ट सह–निर्माता रहेको फिल्मको प्रस्तुतकर्ता खड्क लामा मोक्तान हुन् भने जीवन लामा कार्यकारी निर्माता छन् ।

रामेश्वर हुमागाईको छायांकन रहेको फिल्मका गीतमा विकास चौधरीको संगीत छ । तारा थापा ‘किम्भे’ ले सम्पादन गरेको फिल्ममा राजु किराँतीको द्वन्द्व छ । निर्देशक आरएलले फिल्मले मान्छे किन चोर बन्छ, समाजले चोरलाई कसरी हेर्छलगायतको कथाबस्तुलाई देखाउने बताए ।

प्रकाशित मिति : १६ आश्विन २०७८, शनिबार  ११ : २२ बजे

मधेसवासीलाई सांसद अमरेशको अपिल : जातीय र धार्मिक हिंसाले कसैको भलो गर्दैन

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा प्रतिनिधिसभा सदस्य

आज अन्तर्राष्ट्रिय मित्रता दिवस, आपसी समझदारी र मेलमिलाप प्रवर्द्धनमा जोड

काठमाडौँ– आज अन्तर्राष्ट्रिय मित्रता दिवस विश्वका विभिन्न मुलुकमा विविध कार्यक्रम

कार्यकारी वालेन्द्रमाथि भाइरल बालेनको थिचोमिचो !

समकालीन राजनीतिमा बालेन र वालेन्द्र एउटै इन्जिनबाट सञ्चालित जहाजका दुई

भाइरल मोहको जोखिम: ब्याजको मोहमा साउँको सत्यानास

काठमाडौँ– के एउटा ३० सेकेन्डको भिडियोले कसैको भविष्य बदल्न सक्छ

लुम्बिनीमा मन्त्रालयको संख्या पुनःसंरचना, अब ८ वटा मन्त्रालय रहने

दाङ– लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित मन्त्रालयको