‘ओभर डोज’को फष्टलुक सार्वजनिक « Khabarhub

‘ओभर डोज’को फष्टलुक सार्वजनिक


१६ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौ–फिल्म ‘ओभर डोज’को फष्टलुक सार्वजनिक गरिएको छ । तिहारको छेको पारेर निर्माण युनिटले फिल्मको दुई पोष्टर फष्टलुकको रुपमा सार्वजनिक गरेको हो । फिल्मको रिलिज मिति आगामि १७ मंसिर तोकिएको छ ।

अमेरिकामै सम्पुर्ण छायांकन भएको फिल्म दादा प्रोडक्सन हाउस र रिच इन्टरटेनमेन्ट प्रा.लिको संयुक्त ब्यानरमा निर्माण भएको हो । प्रेम, रोमान्स र एक्सन समेटिएको फिल्म सुमन पौडेलले निर्देशन गरेका हुन् ।

प्रनिशराज पन्त, सबिन जंग थापा, बिना श्रेष्ठ, स्वामी डि, एलेन ब्रनिला, सदीक्षा कार्की, डुएन टर्नर लगायत कलाकारको मुख्य भुमिका रहेको फिल्म जीवनकुमार केसीले निर्माण गरेका हुन् ।

फिल्म युवापुस्ताको रुचिलाई ध्यानमा राखेर निर्माण भएको निर्माता जीवनकुमार केसीले बताए । ‘दर्शक हाम्रो भगवान हुन् । उहाँहरुको रुचि फिल्म निर्माणको क्रममा ध्यान दिइएको छ’ निर्माता केसीले भने ‘फिल्म सबैले रुचाउँने छन् ।’ ‘ओभर डोज’ रिलिजको अर्को उदेश्य फिल्म क्षेत्र चलायमान गराउनु समेत रहेको निर्माता केसीले सुनाए ।

फिल्ममा पिजे वाइबाको संगीत, साजन कार्कीको सम्पादन र गुच्ची भाईको छायांकन रहेको छ । कमल पाण्डेको भिजुअल इभेक्ट समेटिएको फिल्मका लेखक उपेन्द्र पन्जियार, जुनियर मोरेनो हुन् । नयन आचार्य प्रोडक्सन डिजाइनर रहेको फिल्म जि.जि ग्रूप उपत्यका र एफ.डि कम्पनीले उपत्यका बाहिर वितरण गर्न लागेको हो ।

अव फिल्म क्षेत्रलाई चलायमान गराउने उदेश्यले फिल्म ‘ओभर डोज’ रिलिज गर्न लागेको वितरक करण श्रेष्ठले बताए । ‘ओभर डोज’ मात्र होइन । त्यसपछि पनि म लगातार फिल्म रिलिज गर्छु’ उनले भने ।

प्रकाशित मिति : १६ कार्तिक २०७८, मंगलबार  ५ : ३१ बजे

प्रतिनिधिसभा–शून्य समय : जनजीविकाका सवालमा सरकारको ध्यानाकर्षण 

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा भाग लिने सांसदहरूले सुनसरी

सुनसरी घटनाबारे प्रचण्ड, ‘गोली चलाउनै पर्ने अवस्था थियो कि थिएन, सरकारले जवाफ दिनुपर्छ’

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

किन बढ्छ मनसुनजन्य रोगको जोखिम ?

काठमाडौं– यतिबेला वर्षायाम चलिरहेको छ । हरियाली छ प्रकृति । 

प्रचण्डले भने : अहंकार र घमण्ड देखाएर प्रधानमन्त्री कहीँ पुग्दैनन्, संसद्मा आएर जवाफ दिनुपर्छ

काठमाडौं- पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

‘लालीबजार’भन्दा अगाडि ‘गौँथली’, पहिला स्वस्तिमाकै सहायक कलाकार थिइन् सिम्रन

काठमाडौं – नायिका स्वस्तिमा खड्का स्टारर ‘लालीबजार’लाई उछिन्दै ‘गौँथली’ यो