केरूङमा थन्किएका सामग्री नेपाल भित्र्याउन पहल « Khabarhub

केरूङमा थन्किएका सामग्री नेपाल भित्र्याउन पहल


२१ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रसुवा– कोभिड–१९ का कारण केरूङमा थन्किएका सबै माल सामग्री चिनियाँ भूभागमा मनाइने ल्होछार पर्वअगावै नेपाल भित्र्याउन पहल शुरू भएको छ ।

कोरोनाको असर न्यून हुँदै गएकाले ढुवानी व्यवस्था सहज गर्न रसुवागढीको मितेरी पुलदेखि २३ किमी पर केरूङको भण्डारणमा रहेका सबै सामग्री छिटोभन्दा छिटो नेपाल भित्र्याइ दिन जिल्ला प्रशासन कार्यालय रसुवा आवश्यक पहल शुरु गरेको हो ।

चीनबाट नेपाली व्यवसायीले मगाएका सामग्री छिटोभन्दा छिटो नेपाल भित्र्याउन ल्हासास्थित वाणिज्य दूतावास एवं चिनियाँ भन्सार प्रतिनिधिसँग कुराकानी भइरहेकाले सम्भवतः चिनियाँ भूभागमा मनाइने ल्होछार पर्वअगावै केरूङमा थन्किएका मौज्दात सामान छिट्टै रसुवागढी पुग्ने अपेक्षा गरिएको चेम्बर अफ कमर्सका केन्द्रीय अध्यक्ष राजेशकाजी श्रेष्ठले बताए ।

दैनिक सयौँ कन्टेनरबाट माल सामग्री आयात हुने रसुवागढी नाकामा कोरोनाको समस्या उत्पन्न हुनासाथ नेपाली कन्टेनर केरूङ जान नपाएको र आयात भएका थोरै सामानले यहाँका कन्टेनरलाई ढुवानीको भाग नपुग्दा ऋण गरेर ट्रक तथा कन्टेनर खरिद गर्ने सवारी साधनका धनी भने ठूलो मर्कामा परेका छन् ।

कोरोनाविरुद्धको खोप अभियान शुरू भइसकेको र समुदायमाझ रोगको असरसमेत कमी हुँदै गएकाले ढुवानी व्यवसाय सहज पारिदिन आग्रह गरिएको याहाँका व्यवसायीले बताएका छन् । यस्तै कोरोनाको असरले घरभाडामा लिएर केरूङमा व्यापार व्यवसाय गर्दै आएका नेपालीसमेत ठूलो मर्कामा परेका छन् । देश लकडाउन हुना साथ स्वदेश फर्केका २५ भन्दा बढी नेपाली व्यवसायी केरूङ जान नपाउँदा पसल बन्द गरी राखिएको र अन्य आयस्रोत नहुँदा घरभाडा दिन मुस्किल परेको व्यवसायीको गुनासो छ ।

सीमा क्षेत्रमा बसोवास गर्ने स्थानीय बासिन्दालाई रसुवा ( केरूङ आवतजावतमा सहज पार्न जिल्ला प्रशासन कार्यालय रसुवाले प्रदान गरेको सीमा परिचयपत्रको आधारमा यहाँका व्यवसायीले केरूङमा होटल तथा खुद्रा व्यापार गर्दै आएको नेपाल चीन केरूङ व्यापार सङ्घका अध्यक्ष मानबहादुर तामाङले बताए । व्यवसायीलाई परेको समस्या समाधान गर्न आफ्नो संस्थाले समन्वयकारी भूमिका निर्वाह गरिएको उनले जानकारी दिए ।

प्रकाशित मिति : २१ माघ २०७७, बुधबार  ९ : ५५ बजे

सीमा अपराध नियन्त्रणमा कडाइका साथ लाग्न महानिरीक्षक पौडेलको निर्देशन

काठमाडौं– सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने अवैध

वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

दमौली– तनहुँमा सामुदायिक वनको वैज्ञानिक तथा व्यवस्थित वन व्यवस्थापनमार्फत तीन

हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो

मनाङ– मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमालमा गएको हिमपहिरोमा हराइरहेकामध्ये

मनाङमा अलपत्र १६ पर्यटकको उद्धार

लमजुङ– मनाङमा अलपत्र परेका १६ जना इन्डोनेसियाली पर्यटकलाई आज हेलिकप्टरबाट