कोरोना जितेपछि पूर्वराजा ज्ञानेन्द्र शाहको भिडियो सन्देश, सुरक्षित रहन आग्रह « Khabarhub

कोरोना जितेपछि पूर्वराजा ज्ञानेन्द्र शाहको भिडियो सन्देश, सुरक्षित रहन आग्रह


२० जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पूर्वराजा ज्ञानेन्द्र शाहले कोरोना भाइरस जितेपछि भिडियो सन्देश दिएका छन् । पूर्वराजा शाहसँगै पूर्वरानी कोमल शाहले कोरोना भाइरससँगको लडाई जितेपछि भिडियो सन्देश जारी गरेका हुन् ।

सन्देशमा आफूहरुको स्वास्थ्यप्रति चासो राख्ने सबैलाई आभार व्यक्त गरेका छन् ।

पूर्वराजाले यो महामारीको समयमा अग्रपंक्तिमा कार्यरत सबैलाई धन्यवाद दिँदै महामारी नियन्त्रण गर्न आफ्नै संकल्प र बाहिरी सहयोगको आवश्यकता रहेको बताएका छन् ।

२ मिनेट ३२ सेकेन्डको भिडियो सन्देशमा शाहले भनेका छन्, ‘हाम्रो स्वास्थ्यबारे चिन्ता र चासोका साथ शुभकामना दिनुहुने देशभित्र र बाहिर रहनुहुने सवै नेपालीहरुमा आभार व्यक्त गर्दछौं । यस महामारीमा दिनरात आफ्नो दायित्व र मानविय कार्य गर्ने सबै अग्रपंक्तिमा रहनुभएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मी तथा सामाजिक कार्यकर्ताहरूमा हामी अन्तर आत्मादेखि धन्यवाद दिन चाहन्छौं । अहिले हामी पूर्ण स्वास्थ्यलाभको क्रममा छौं तर देशभित्र र बाहिरको महामारीको अवस्था प्रति हामी चिन्तित छौं । महामारीको प्रक्रिया जारी छ । यसलाई नियन्त्रण गर्नका लागि हाम्रो आफ्नै संकल्प र बाहिरी सहयोगको आवश्यकता पर्दछ । प्राप्त अन्तर्राष्ट्रिय सहयोगको लागि पनि धन्यवाद निद चाहन्छु । म सवैलाई सुरक्षित, सावधान र स्वास्थ्य रहन आग्रह गर्दछु । उपचारको क्रममा रहनुभएका सबै नेपालीहरुको शिघ्र स्वास्थ्यलाभको कामना साथसाथै महामारीको क्रममा जीवन गुमाउनुहुने सबैमा चिर शान्तिको कामना गर्दछु । श्री पशुपतिनाथले ती सबैको परिवारमा धैर्य धारणको लागि शक्ति प्रदान गरुन् ।’

भिडियोमा पूर्वरानी कोमलले भने अक्सिजन सपोर्ट लिइरहेको देखिन्छ ।

प्रकाशित मिति : २० जेठ २०७८, बिहीबार  १ : २२ बजे

कांग्रेसको बन्दसत्रबाट चार प्रतिनिधि निवेदन पास गरिने

काठमाडौं– कांग्रेसको बन्द सत्र सुरु भएको छ। बन्द सत्र मार्फत

अनुराग डोभाल पक्राउ, श्रीमतीका भाइलाई कुटपिट र ज्यान मार्ने प्रयासको आरोप

काठमाडौं– भारतीय रियालिटी शो ‘बिग बोस’बाट चर्चामा आएका युट्युबर अनुराग

मध्यपूर्व द्वन्द्व अन्त्य गर्न गुटेरेसको आह्वान

इस्लामाबाद– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले मध्यपूर्वमा जारी द्वन्द्व अन्त्य

उपसभापतिका उम्मेदवार देवराजले फिर्ता लिए उम्मेदवारी

काठमाडौं– नेपाली कांग्रेसको उपसभापतिमा उम्मेदवारी दिएका देवराज चालिसेले पनि उम्मेदवारी

टेलिमेडिसिन सेवा प्रभावकारी बनाउन मन्त्री मेहताको जोड

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले टेलिमेडिसिन सेवालाई