नेपालले नयाँ भेरियन्टबारे बेलायतसँग माग्यो जानकारी « Khabarhub

नेपालले नयाँ भेरियन्टबारे बेलायतसँग माग्यो जानकारी


२० जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट भेटिएको भन्ने दाबीपछि नेपालले बेलायत सरकारसँग त्यसबारे जानकारी माग गर्दै पत्राचार गरेको छ ।

बेलायती पत्रपत्रिकाले नेपालमा कोरोनाको नयाँ भेरियन्ट भेटिएको दाबीसहित समाचार प्रकाशित गरेपछि नेपालले त्यसबारे जानकारी माग गरेको हो ।

नेपालमा नयाँ भेरियन्ट भेटिएकोबारे बेलायत सरकारसँग भएको जानकारी पठाउन आज बिहान त्यहाँको इन्टरनेशनल हेल्थ रेगुलेशनलाई इमेलमार्फत पत्राचार गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले जानकारी दिए ।

नेपालमा अल्फा र डेल्टा भेरियन्ट भेटिएको तर एक्कासी नयाँ भेरियन्ट भेटिएको कुराले आश्चर्यचकित भएको उनले बताए ।

नयाँ भेरिन्ट भेटिएको बारे जानकारी छैन

यसैबीच विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले भने नेपालमा नयाँ भेरियन्टको कोरोना भाइरस भेटिएको बारे आफूलाई जानकारी नभएको जनाएको छ ।

डब्ल्यूएचको नेपालस्थित कार्यालयले नेपालमा सार्स–कोभ–२ को नयाँ भेरिन्ट फेला परेको भन्ने कुरामा विश्व स्वास्थ्य संगठनलाई जानकारी नभएको बताएको छ ।

बेलायती पत्रिका डेली मेलले भने नेपालमा कोरोनाको नयाँ भेरिन्ट भेटिएको भन्दै प्राथमिकताका साथ समाचार प्रकाशन गरेको थियो ।

प्रकाशित मिति : २० जेठ २०७८, बिहीबार  ५ : ०१ बजे

कांग्रेसको बन्दसत्रबाट चार प्रतिनिधि निवेदन पास गरिने

काठमाडौं– कांग्रेसको बन्द सत्र सुरु भएको छ। बन्द सत्र मार्फत

अनुराग डोभाल पक्राउ, श्रीमतीका भाइलाई कुटपिट र ज्यान मार्ने प्रयासको आरोप

काठमाडौं– भारतीय रियालिटी शो ‘बिग बोस’बाट चर्चामा आएका युट्युबर अनुराग

मध्यपूर्व द्वन्द्व अन्त्य गर्न गुटेरेसको आह्वान

इस्लामाबाद– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले मध्यपूर्वमा जारी द्वन्द्व अन्त्य

उपसभापतिका उम्मेदवार देवराजले फिर्ता लिए उम्मेदवारी

काठमाडौं– नेपाली कांग्रेसको उपसभापतिमा उम्मेदवारी दिएका देवराज चालिसेले पनि उम्मेदवारी

टेलिमेडिसिन सेवा प्रभावकारी बनाउन मन्त्री मेहताको जोड

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले टेलिमेडिसिन सेवालाई