अब नेपाली पात्रोमा रेडियो, मौसमका साथै कुण्डली सेवा शुरु | Khabarhub Khabarhub

अब नेपाली पात्रोमा रेडियो, मौसमका साथै कुण्डली सेवा शुरु


२० जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालको लोकप्रिय एप्लिकेशन नेपाली पात्रोले मौसम विवरणको जानकारी, कुण्डली र रेडियो सेवा शुरु गरेको छ । कम्पनीले प्रयोगकर्तालाई अझ सजिलो र सुविधाका लागि सो सेवा शुरु गरेको जनाएको हो ।

अब नेपाली पात्रोका प्रयोगकर्ताले आफ्नो मोबाइलमा नेपालको जुनसुकै स्थानीय तहको स्थान सेट गरी त्यस स्थानको ४८ घण्टे मौसम विवरण एपमार्फत मार्फत लिन सक्नेछन् । भने १ हप्ताको मौसम विवरण समेत अगावै लिन सक्ने जनाइएको छ ।

यससँगै प्रयोगकर्ताले आफ्नो जन्म मिति तथा स्थान प्रदान गरी सजिलै कुण्डली बनाउन सक्नेछन् । जसअनुसार प्रयोगकर्ताले आफ्नो साढेसाती, दशा, महादशा, अन्तर्दशा, प्रत्यन्तरदशा तथा अरु अन्य दशाको बारेमा थाहा पाउन सक्नेछन् । साथै ज्योतिष सेवाको परामर्श लिन चाहेमा प्रयोगकर्ताले नेपाली पात्रोका विशेषज्ञबाट परामर्श लिन सक्नेछन् ।

नेपाली पात्रो एपकै सबैभन्दा लोकप्रिय समाचार पढ्न सकिने फिचरलाई अझ सबिधायुक्त बनाउनका लागि कम्पनीले समाचार पाठकहरुमा रेडियो पनि सुन्न मिल्ने सुबिधा थप गरेको छ । नेपाली पात्रो अडियोमा रेडियो नेपाल, रेडियो सिटी साथै करिब १ दर्जन विभिन्न रेडियो समावेश गरिएको छ भने, भविष्यमा अझै धेरै रेडियो स्टेसन समावेश गर्ने नेपाली पात्रो टिमले जनाएको छ ।

यी सुविधाहरूको काम अन्तिम चरणमा पुगेको र जेठको अन्तिम हप्ताभित्र सबै प्रयोगकर्ताको मोबाइलमा अपडेट हुने जनाइएको छ ।

प्रकाशित मिति : २० जेठ २०७८, बिहीबार  ३ : ३१ बजे

टी-२० विश्वकप खेल्ने ओमान टिमको घोषणा

काठमाडौं- ओमानले टी-२० विश्वकप खेल्ने टिमको घोषणा गरेको छ ।

यस्तो छ श्रम मन्त्रीद्वारा घोषित ‘श्रमाधान योजना’, सात कार्यक्रम प्रस्ताव

काठमाडौं – १३५औं अन्तरराष्ट्रिय श्रमिक दिवस (मे डे) अवसरमा श्रम,

सरकारी कामकाजी भाषा ऐन वैशाख २४ देखि लागू हुने

काठमाडौं– बागमती प्रदेशमा प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गरेको

पत्रकारिता क्षेत्र लोकतन्त्रको जग : मुख्यमन्त्री कार्की

मोरङ– कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले नेपालको पत्रकारिता क्षेत्र लोकतन्त्रको

विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १२ जना पक्राउ

काठमाडौं– सुनसरी, भोक्राहा नरसिंह गाउँपालिका-६ ढलान रोडबाट अवैध लागूऔषध खैरो