अब नेपाली पात्रोमा रेडियो, मौसमका साथै कुण्डली सेवा शुरु « Khabarhub

अब नेपाली पात्रोमा रेडियो, मौसमका साथै कुण्डली सेवा शुरु


२० जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालको लोकप्रिय एप्लिकेशन नेपाली पात्रोले मौसम विवरणको जानकारी, कुण्डली र रेडियो सेवा शुरु गरेको छ । कम्पनीले प्रयोगकर्तालाई अझ सजिलो र सुविधाका लागि सो सेवा शुरु गरेको जनाएको हो ।

अब नेपाली पात्रोका प्रयोगकर्ताले आफ्नो मोबाइलमा नेपालको जुनसुकै स्थानीय तहको स्थान सेट गरी त्यस स्थानको ४८ घण्टे मौसम विवरण एपमार्फत मार्फत लिन सक्नेछन् । भने १ हप्ताको मौसम विवरण समेत अगावै लिन सक्ने जनाइएको छ ।

यससँगै प्रयोगकर्ताले आफ्नो जन्म मिति तथा स्थान प्रदान गरी सजिलै कुण्डली बनाउन सक्नेछन् । जसअनुसार प्रयोगकर्ताले आफ्नो साढेसाती, दशा, महादशा, अन्तर्दशा, प्रत्यन्तरदशा तथा अरु अन्य दशाको बारेमा थाहा पाउन सक्नेछन् । साथै ज्योतिष सेवाको परामर्श लिन चाहेमा प्रयोगकर्ताले नेपाली पात्रोका विशेषज्ञबाट परामर्श लिन सक्नेछन् ।

नेपाली पात्रो एपकै सबैभन्दा लोकप्रिय समाचार पढ्न सकिने फिचरलाई अझ सबिधायुक्त बनाउनका लागि कम्पनीले समाचार पाठकहरुमा रेडियो पनि सुन्न मिल्ने सुबिधा थप गरेको छ । नेपाली पात्रो अडियोमा रेडियो नेपाल, रेडियो सिटी साथै करिब १ दर्जन विभिन्न रेडियो समावेश गरिएको छ भने, भविष्यमा अझै धेरै रेडियो स्टेसन समावेश गर्ने नेपाली पात्रो टिमले जनाएको छ ।

यी सुविधाहरूको काम अन्तिम चरणमा पुगेको र जेठको अन्तिम हप्ताभित्र सबै प्रयोगकर्ताको मोबाइलमा अपडेट हुने जनाइएको छ ।

प्रकाशित मिति : २० जेठ २०७८, बिहीबार  ३ : ३१ बजे

कांग्रेसको बन्दसत्रबाट चार प्रतिनिधि निवेदन पास गरिने

काठमाडौं– कांग्रेसको बन्द सत्र सुरु भएको छ। बन्द सत्र मार्फत

अनुराग डोभाल पक्राउ, श्रीमतीका भाइलाई कुटपिट र ज्यान मार्ने प्रयासको आरोप

काठमाडौं– भारतीय रियालिटी शो ‘बिग बोस’बाट चर्चामा आएका युट्युबर अनुराग

मध्यपूर्व द्वन्द्व अन्त्य गर्न गुटेरेसको आह्वान

इस्लामाबाद– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले मध्यपूर्वमा जारी द्वन्द्व अन्त्य

उपसभापतिका उम्मेदवार देवराजले फिर्ता लिए उम्मेदवारी

काठमाडौं– नेपाली कांग्रेसको उपसभापतिमा उम्मेदवारी दिएका देवराज चालिसेले पनि उम्मेदवारी

टेलिमेडिसिन सेवा प्रभावकारी बनाउन मन्त्री मेहताको जोड

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले टेलिमेडिसिन सेवालाई