धोनीसँग किन डराए गुलशन ? | Khabarhub Khabarhub

धोनीसँग किन डराए गुलशन ?


१९ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(दैनिक भास्कर)– बलिउडका ‘ब्याडमेन’ उर्फ गुलशन ग्रोवर वास्तविक जीवनमा निकै सरल मानिस छन् । गुलशन आफ्नो करियरमा जहिल्यै विवादबाट टाढा रहन सफल भए । तर अब उनी ‘क्याप्टेन कुल’का नामले प्रख्यात एमएस धोनीका कारण तनावमा आएका छन् ।

उनी तनावमा आउनु मुख्य कारण धोनीको फक्स हक हेयर स्टाइल हो । धोनीको यो लुक्सबाट उनका फ्यान खुशी भइरहँदा गुलशनको मामलामा भने उनी डराएका छन् ।

गुलशनले एसएस धोनीको लुक्सको प्रशंसा गर्दै एक मजेदार प्रतिक्रिया दिएका छन् । धोनीलाई ट्वीटरमा ट्याग गर्दै ग्रोवरले ‘माही भाई शानदार लुक ! कृपया कुनै पनि डनलाई रिप्लेस नगर्नु, यसले मलाई पनि असर गर्न सक्छ । पहिलेदेखि नै मेरा अति प्रिय मित्र सञ्जय दत्त, सुनील शेट्टी र ज्याकी श्राफ मलाई यो व्यवसायबाट बाहिर निकाल्न खोजिरहेका छन् । अब आलिम ब्याडमेन आउदैछन्’ भनेर लेखेका छन् ।

हालैमात्र कोरियोग्राफर–निर्देशक फराह खानले धोनीका साथ एक विज्ञापनमा सहकार्य गरेका थिए । फराहले धोनीलाई विनम्र र प्रिय मान्छे भएको बताएकी थिइन् ।

प्रकाशित मिति : १९ श्रावण २०७८, मंगलबार  २ : २० बजे

बझाङमा दमनलाई पछ्याउँदै अभिषेक, मतान्तर घट्यो

काठमाडौं । बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

चुलाचुली १ मा डेकेन्द्रलाई एक हजार ३१ मत, सुहाङको अग्रता कायमै

इलाम – इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका र

हैदरावादविरुद्ध चेन्नई सुपर किंग्सको उत्कृष्ट जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदरावादविरुद्ध चेन्नई

बझाङमा एमालेको अग्रता कायमै, मतान्तर घटाउँदै कांग्रेस

बझाङ – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

इलाम–२ मा सुहाङले कटाए ४ हजार मत, चुलाचुलीको गणना सुरु

इलाम – इलाम २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी