जीन्यूज लेख्छ–अदितीको लुक्स दिशाको जस्तै « Khabarhub

जीन्यूज लेख्छ–अदितीको लुक्स दिशाको जस्तै


१९ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतीय समाचार संस्था जीन्यूजले नेपाली अभिनेत्री तथा मोडल अदिती बुढाथोकीलाई बलिउड अभिनेत्री दिशा पटानीसँग तुलना गरेको छ । सामाजिक सञ्जालमा सक्रिय रहने अदितीको बारेमा एक फोटो फिचर बनाउदै उसले दिशासँग तुलना गरेको हो ।

नेपालमा जन्मिएकी अदिती आफ्नो सपना पुरा गर्न यतिबेला भारतमा छिन् । जहाँ उनले आफ्नो भाग्य चम्काउन संघर्षरत छिन् ।

अदितीको इन्स्टाग्राममा १ दशमलब ५ मिलियन फलोअर्स छन् । इन्स्टामा तस्वीर राख्नासाथ तस्वीरमा लाइक र कमेन्टको बाढी आउने जीन्यूजले उल्लेख गरेको छ ।

अदिती निकै बोल्ड र ग्ल्यामर छिन् । उनी आफ्नो शरीरलाई निकै सन्तुलनमा राखिछन् । उनको लुक्स र अनुहारका कारण धेरैले उनको तुलना दिशा पटानीसँग गरेका छन् । उनीको तस्वीर हेर्नासाथ अदिती र निशाको लुक्स तथा शैली मिल्ने गरेको पाइएको उल्लेख गरिएको छ ।

अदितीले हालसम्म धेरै म्यागाजिनमा आफूलाई ‘कभर गर्ल’का रुपमा स्थापित गरिसकेकी छन् । उनले फिल्म ‘कृ’बाट नेपाली फिल्ममा पाइला चालिन् ।

अदितीले पञ्जाबी र हिन्दी म्यूजिक भिडियोमा पनि अभिनय गरेकी छन् । उनले पञ्जाबी गायक मिलिन्द गाबाको गीत ‘मे तेरी हो गई’बाट पहिचान पाइन् ।

अदिती चाँडै गायक दर्शन रावलको नयाँ गीत ‘हवा बांके’मा देखिँदैछिन् ।

प्रकाशित मिति : १९ श्रावण २०७८, मंगलबार  ३ : ३० बजे

नेपाली कांग्रेसका पदाधिकारी र केन्द्रीय सदस्यहरूले आज शपथग्रहण गर्दै

काठमाडौँ– नेपाली काङ्ग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि

सिंगा–तातोपानी कुण्डमा प्राकृतिक उपचार गराउनेको घुइँचो

म्याग्दी- ढाड दुख्ने समस्याबाट पीडित नवलपुर गैडाकोटका प्रदीप सुवेदी प्राकृतिक

दसैँमा चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक २० हजार बढी

चितवन– दसैँका अवसरमा २० हजार ८७ जनाले चितवन राष्ट्रिय निकुञ्ज

स्पेनमा रेल दुर्घटना, कम्तिमा ६८ जनाको मृत्यु, दर्जनौँ घाइते

काठमाडौँ– स्पेनको मध्य क्षेत्रमा तीव्र गतिको रेल दुर्घटना हुँदा कम्तीमा

तीन दिन सतर्कता अपनाउन झापा प्रशासनको आग्रह

झापा– बङ्गालको खाडीमा उत्पन्न ‘अर्नब’ चक्रवातबाट हुनसक्ने सम्भावित विपदबाट जोगिन