कांग्रेस क्रियाशील सदस्यता विवाद केन्द्रीय समितिबाटै हल गर्नुपर्ने पौडेल पक्षको निष्कर्ष (भिडियोसहित) « Khabarhub

कांग्रेस क्रियाशील सदस्यता विवाद केन्द्रीय समितिबाटै हल गर्नुपर्ने पौडेल पक्षको निष्कर्ष (भिडियोसहित)


१९ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले क्रियाशील सदस्यता वितरण र छानबिनदेखि सबै तहका महाधिवेशन  निष्पक्ष हुनुपर्ने निष्कर्ष निकालेको छ ।

मंगलबार प्रकाशमान सिंह निवास चाक्सीबारीमा भएको सो पक्षको बैठकले क्रियाशील सदस्यता छानविन समितिको प्रतिवेदनमै असहमति जनाउँदै तोकिएमो समयमा नै महाधिवेशन हुनुपर्ने जनाएको हो ।

सो पक्षले पार्टीभित्र देखिएका क्रियाशील सदस्यता लगायतका विवादलाई केन्द्रीय समितिले नै हल गर्नुपर्ने निष्कर्ष निकाले छ । पार्टी प्रवेशको नाममा आफ्ना मान्छे प्रयोग गराएर क्रियाशील सदस्यमा धाँधली भएको सो पक्षको ठहर छ ।

भदौ १९ भन्दापछि महाधिवेशन लाने विषयमा पनि सहमति नदिने समझदारी पनि नेताहरुबीच भएको छ ।

हेरौँ भिडियो

बैठकपछि कांग्रेस नेता अर्जुन नरसिंह केसीले तोकिएको समयमा नै महाधिवेशन हुनुपर्ने र विवादित विषयलाइ व्यक्तिले नभएर केन्द्रीय समितिले हल गर्नुपर्ने निष्कर्ष रहेको बताए ।

उनले क्रियाशील सदस्यताको टुंगो लगाउँ भन्ने आफ्नो समूहको माग रहेको र समयसीमाका अनुसार कांग्रेस चापमा रहेको समेत बताए ।

उनले समयको बाध्यात्मक स्थितिलाई लिएर कांग्रेसको विधानअनुसार र केन्द्रीय समितिको निर्णयअनुसार चल्नुपर्ने जिकिर गरे ।

कांग्रेसले भदौ १६ बाट काठमाडौंमा १४ औं महाधिवेशन हुने कार्यतालिका तय गरेको छ । तर महाधिवेशनका लागि साउन १२ का लागि तोकिएको वडा अधिवेशन र साउन १६ गते हुने भनिएको गाउँ अधिवेशन स्थगित भइसकेको छ ।

क्रियाशील सदस्यता छानविन समितिले आफ्नो प्रतिवेदन बुझाइसके पनि विवाद भने समाधान हुन सकेको छैन।

प्रकाशित मिति : १९ श्रावण २०७८, मंगलबार  ७ : १५ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्