कांग्रेस क्रियाशील सदस्यता विवाद केन्द्रीय समितिबाटै हल गर्नुपर्ने पौडेल पक्षको निष्कर्ष (भिडियोसहित) « Khabarhub

कांग्रेस क्रियाशील सदस्यता विवाद केन्द्रीय समितिबाटै हल गर्नुपर्ने पौडेल पक्षको निष्कर्ष (भिडियोसहित)


१९ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले क्रियाशील सदस्यता वितरण र छानबिनदेखि सबै तहका महाधिवेशन  निष्पक्ष हुनुपर्ने निष्कर्ष निकालेको छ ।

मंगलबार प्रकाशमान सिंह निवास चाक्सीबारीमा भएको सो पक्षको बैठकले क्रियाशील सदस्यता छानविन समितिको प्रतिवेदनमै असहमति जनाउँदै तोकिएमो समयमा नै महाधिवेशन हुनुपर्ने जनाएको हो ।

सो पक्षले पार्टीभित्र देखिएका क्रियाशील सदस्यता लगायतका विवादलाई केन्द्रीय समितिले नै हल गर्नुपर्ने निष्कर्ष निकाले छ । पार्टी प्रवेशको नाममा आफ्ना मान्छे प्रयोग गराएर क्रियाशील सदस्यमा धाँधली भएको सो पक्षको ठहर छ ।

भदौ १९ भन्दापछि महाधिवेशन लाने विषयमा पनि सहमति नदिने समझदारी पनि नेताहरुबीच भएको छ ।

हेरौँ भिडियो

बैठकपछि कांग्रेस नेता अर्जुन नरसिंह केसीले तोकिएको समयमा नै महाधिवेशन हुनुपर्ने र विवादित विषयलाइ व्यक्तिले नभएर केन्द्रीय समितिले हल गर्नुपर्ने निष्कर्ष रहेको बताए ।

उनले क्रियाशील सदस्यताको टुंगो लगाउँ भन्ने आफ्नो समूहको माग रहेको र समयसीमाका अनुसार कांग्रेस चापमा रहेको समेत बताए ।

उनले समयको बाध्यात्मक स्थितिलाई लिएर कांग्रेसको विधानअनुसार र केन्द्रीय समितिको निर्णयअनुसार चल्नुपर्ने जिकिर गरे ।

कांग्रेसले भदौ १६ बाट काठमाडौंमा १४ औं महाधिवेशन हुने कार्यतालिका तय गरेको छ । तर महाधिवेशनका लागि साउन १२ का लागि तोकिएको वडा अधिवेशन र साउन १६ गते हुने भनिएको गाउँ अधिवेशन स्थगित भइसकेको छ ।

क्रियाशील सदस्यता छानविन समितिले आफ्नो प्रतिवेदन बुझाइसके पनि विवाद भने समाधान हुन सकेको छैन।

प्रकाशित मिति : १९ श्रावण २०७८, मंगलबार  ७ : १५ बजे

कोरला नाका जोड्ने घमी खोला पुल निर्माण अन्तिम चरणमा

मुस्ताङ– नेपाल–चीनको सीमानाका कोरलानाका जोड्ने माथिल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–२

वाणिज्य विभागले गर्‍याे तीन होटललाई जरिवाना

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तीन वटा होटललाई

अब दुई दिनभित्रै राहदानी उपलब्ध गराइने

काठमाडौं– राहदानी विभागले अब दुई कार्यदिनभित्र राहदानी उपलब्ध गराउने भएको

नेयमारको घुँडाको शल्यक्रिया : के विश्वकप खेल्न सम्भव छ ?

काठमाडौं – ब्राजिलियन स्टार स्ट्राइकर नेयमारले घुँडाको शल्यक्रिया गराएका छन्।

केन्द्रीय कारागारबाट फरार कैदीबन्दी पक्राउ

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले वन्यजन्तुको आखेटोपहार ओसारपसार मुद्दामा