महंगो सेटमा खिचिँदै ‘सत्यम्’ « Khabarhub

महंगो सेटमा खिचिँदै ‘सत्यम्’


१८ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– महंगो लागतमा पोखरामा फिल्म ‘सत्यम्’को छायांकन सेट निर्माण गरिएको छ । माथिल्लो मनाङ, मुस्ताङ, पोखरा र काठमाडौंमा छायांकन हुने फिल्मका लागि पोखरामा सेट तयार पारिएको हो ।

शंकर कार्कीको निर्देशन रहने फिल्ममा राजेश हमाल, अनुपविक्रम शाही, पल शाह, अभय बराललगायतको प्रमुख भूमिकामा अभिनय रहनेछ । फिल्मका लागि दुई अभिनेत्री फाइनल हुने चरणमा छन् । फिल्ममा हमालले सत्यमको भूमिका निर्वाह गर्दा अनुप खलपात्रमा देखिँदैछन् । निर्देशक कार्कीका अनुसार सेटमा हेलिकोप्टर दुर्घटनाको दृश्यदेखी ठुला भवनहरुको समेत दृश्यहरु छायांकन हुनेछन् ।

फिल्मका निर्माता रेशम सापकोटाले यो सेट अहिलेसम्मकै ठुलो हुनसक्ने बताए । सापकोटाका अनुसार यो सेट झण्डै एक सय मिटर लम्बाई तथा पचास मिटर चौडाईको रहेको छ । सेटको लागत खुलाइएको छैन ।

अभिनेता हमालले समेत यो सेटको निरिक्षण गरिसकेका छन् । दशैं लगत्तै वर्कशप र तिहार पछि छायांकनमा जाने तयारी सहित काम भईरहेको निर्माण पक्षले जनाएको छ ।

फिल्मका लागि मध्यम चरित्रमा अभिनय गर्ने कलाकारका लागि लिइएको अडिसनमा काठमाडौंबाट बालकलाकारहरु प्रिन्स प्रसिद्धसिं थापा, नेरिस्का स्थापित र सूजन परियार, महिला कलाकाहरु अन्विसा खड्की, बेदना राई, अनुजा सिंह, प्रतिष्ठा थापा, मरिया कार्की, मुस्कान वाग्ले, अस्मी थापा छानिएका छन् भने पुरुष कलाकारहरु प्रविन चापागाईं, सागर खनाल, अमृत दाहाल, मनोज थापामगर, माधव अधिकारी, लक्ष्मण अधिकारी, समराज्य कार्की, कैलाश रावल, प्रतिक उप्रेती, प्रिन्स विश्वकर्मा, संजोग रसाईली, विनायक गौतम, अनुज शर्मा, गौरभ कपूर र मोख्तर खान छानिएका छन् ।

पोखराबाट अर्जुनसिं बोहरा, निश्चल विक्रम पौडेल, सुनिल ढुंगाना (शर्मा), आदेश जी.सी., सरिता दानकुटी, केदारनाथ पौडेल, सोफी धरेल, मनोज सुनार, किसान सुनार, नवराज ढकाल, अनिल कार्की, इश्वर के.सी., वरदान लोहनी, रिजेश थापा लगायतका छानिएका छन् ।

फिल्ममा निर्माता रेशमकै लेखन, गणेश पौडेलको एशोसिएट निर्माण, रेशम गौतम, सुबास भुर्तेल, श्याम मल्ल र कृष्ण अधिकारी सहायक निर्माता छन् । फिल्ममा विदुर पाण्डे ‘नविन’को डीओपी र अष्टमान महर्जनको द्वन्द्व रहनेछ ।

प्रकाशित मिति : १८ भाद्र २०७८, शुक्रबार  २ : ४३ बजे

बजेट निर्माण प्रक्रिया तत्काल अगाडि बढाउने प्रदेश सरकारको निर्णय

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले बजेट निर्माण प्रक्रियालाई तत्काल अगाडि बढाउने

आतङ्कवादविरुद्ध अन्तर्राष्ट्रिय सहकार्य थप आवश्यक : संयुक्त राष्ट्रसङ्घ

एजेन्सी– संयुक्त राष्ट्रसङ्घले आतङ्कवादको बदलिँदो स्वरूप र प्रविधिको बढ्दो दुरुपयोगसँगै यसविरुद्ध

पशुपति क्षेत्रमा तीजका लागि सफाइ

काठमाडौं– हरितालिका (तीज) को तयारीस्वरूप पशुपति क्षेत्रका विभिन्न स्थानमा सफाइ

नेपाल प्रहरीको अस्थायी अस्पताल सञ्चालन

त्रिशूली– भोटेकोशी नदीमा आएको बाढीपश्चात् उत्पन्न हुनसक्ने स्वास्थ्य समस्यालाई मध्यनजर

अस्थायी दरबन्दीका स्वास्थ्यकर्मीलाई अन्यत्र नखटाउन मधेश सरकारको निर्देशन

जनकपुर– मधेश प्रदेश सरकारले अस्थायी दरबन्दीमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीलाई तत्काल अन्यत्र जिम्मेवारी नदिन