महंगो सेटमा खिचिँदै ‘सत्यम्’ « Khabarhub

महंगो सेटमा खिचिँदै ‘सत्यम्’


१८ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– महंगो लागतमा पोखरामा फिल्म ‘सत्यम्’को छायांकन सेट निर्माण गरिएको छ । माथिल्लो मनाङ, मुस्ताङ, पोखरा र काठमाडौंमा छायांकन हुने फिल्मका लागि पोखरामा सेट तयार पारिएको हो ।

शंकर कार्कीको निर्देशन रहने फिल्ममा राजेश हमाल, अनुपविक्रम शाही, पल शाह, अभय बराललगायतको प्रमुख भूमिकामा अभिनय रहनेछ । फिल्मका लागि दुई अभिनेत्री फाइनल हुने चरणमा छन् । फिल्ममा हमालले सत्यमको भूमिका निर्वाह गर्दा अनुप खलपात्रमा देखिँदैछन् । निर्देशक कार्कीका अनुसार सेटमा हेलिकोप्टर दुर्घटनाको दृश्यदेखी ठुला भवनहरुको समेत दृश्यहरु छायांकन हुनेछन् ।

फिल्मका निर्माता रेशम सापकोटाले यो सेट अहिलेसम्मकै ठुलो हुनसक्ने बताए । सापकोटाका अनुसार यो सेट झण्डै एक सय मिटर लम्बाई तथा पचास मिटर चौडाईको रहेको छ । सेटको लागत खुलाइएको छैन ।

अभिनेता हमालले समेत यो सेटको निरिक्षण गरिसकेका छन् । दशैं लगत्तै वर्कशप र तिहार पछि छायांकनमा जाने तयारी सहित काम भईरहेको निर्माण पक्षले जनाएको छ ।

फिल्मका लागि मध्यम चरित्रमा अभिनय गर्ने कलाकारका लागि लिइएको अडिसनमा काठमाडौंबाट बालकलाकारहरु प्रिन्स प्रसिद्धसिं थापा, नेरिस्का स्थापित र सूजन परियार, महिला कलाकाहरु अन्विसा खड्की, बेदना राई, अनुजा सिंह, प्रतिष्ठा थापा, मरिया कार्की, मुस्कान वाग्ले, अस्मी थापा छानिएका छन् भने पुरुष कलाकारहरु प्रविन चापागाईं, सागर खनाल, अमृत दाहाल, मनोज थापामगर, माधव अधिकारी, लक्ष्मण अधिकारी, समराज्य कार्की, कैलाश रावल, प्रतिक उप्रेती, प्रिन्स विश्वकर्मा, संजोग रसाईली, विनायक गौतम, अनुज शर्मा, गौरभ कपूर र मोख्तर खान छानिएका छन् ।

पोखराबाट अर्जुनसिं बोहरा, निश्चल विक्रम पौडेल, सुनिल ढुंगाना (शर्मा), आदेश जी.सी., सरिता दानकुटी, केदारनाथ पौडेल, सोफी धरेल, मनोज सुनार, किसान सुनार, नवराज ढकाल, अनिल कार्की, इश्वर के.सी., वरदान लोहनी, रिजेश थापा लगायतका छानिएका छन् ।

फिल्ममा निर्माता रेशमकै लेखन, गणेश पौडेलको एशोसिएट निर्माण, रेशम गौतम, सुबास भुर्तेल, श्याम मल्ल र कृष्ण अधिकारी सहायक निर्माता छन् । फिल्ममा विदुर पाण्डे ‘नविन’को डीओपी र अष्टमान महर्जनको द्वन्द्व रहनेछ ।

प्रकाशित मिति : १८ भाद्र २०७८, शुक्रबार  २ : ४३ बजे

टिपरको ठक्करबाट एक जनाको मृत्यु, एक घाइते

महेन्द्रनगर– जनकपुरधामका फरक दुई स्थानमा टिपरको ठक्करबाट भएका दुर्घटनामा एक

मध्य जाडोमै स्विमसुटमा प्रियंकाको हट तस्बिर

काठमाडौं – जाडो मौसमको मध्यमा नायिका प्रियंका कार्कीले स्विमसुटमा हट

सङ्गठित अपराधमा लामिछानेलाई उन्मुक्ति दिनखोज्नु आपत्तिजनक : जेनजी मुभमेन्ट 

काठमाडौं– जेनजी मुभमेन्ट नेपालले सहकारी ठगीको आरोपका साथसाथै सम्पत्ति शुद्धीकरण

सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं‍– स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट भएको छ ।

विशेष महाधिवेशनपछि कांग्रेसको पहिलो बैठक आज

काठमाडौं– नेपाली कांग्रेसको पहिलो कार्यसमिति बैठक आज बस्दैछ । नवनिर्वाचित