आबुधाबी टी-१० : सोमपाल आवद्ध अरेबियन्सको चौथो हार « Khabarhub

आबुधाबी टी-१० : सोमपाल आवद्ध अरेबियन्सको चौथो हार


२२ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली क्रिकेटर सोमपाल कामीआवद्ध मराठा अरेबियन्सले आबुधाबी टी-१० लिगमा चौथो हार व्यहोरेको छ ।

बुधबार राति भएको खेलमा मराठा टिम आबुधाबीसँग ९ विकेटले पराजित भएको हो ।

मराठाले दिएको ९८ रनको लक्ष्य आबुधाबीले ८ ओभर ३ बलमा १ विकेट गुमाएर पुरा गर्‍यो । आबुधाबीको जितमा क्रिस गेलले अविजित ८४ रन बनाए । पाउल स्ट्रर्लिङले १५ रन जोडे ।

मराठाका मोसडेक होसेनले १ विकेट लिए । सोमपालले १ ओभर बलिङ गर्दै २७ रन खर्चिए ।

यसअघि पहिले ब्याटिङ गरेको मराठाले १० ओभरमा ४ विकेट गुमाएर ९७ रन बनाएको थियो ।

मराठाका लागि अलिशन सराफुले ३३ रन जोड्दा मोहमद हाफिजले २० रन बनाए । आबुधाबीका ओबेड म्याकोएले २ विकेट लिए ।

जितसँगै आबुधाबीले ३ खेलमा २ अंक जोडेको छ । मराठाले पनि ३ खेलमा २ अंक जोडेको छ ।

प्रकाशित मिति : २२ माघ २०७७, बिहीबार  ६ : १५ बजे

निर्वाचन ४२ दिन बाँकीः पार्टीका उम्मेदवारमा दलितको प्रतिनिधित्व कति ?

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा दलित

ग्रिनल्याण्ड वार्ता तत्काल अघि बढाउन अमेरिकी राष्ट्रपति ट्रम्पको आग्रह

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्याण्ड अधिग्रहणका सम्बन्धमा तत्काल

अमेरिकी डलर अहिलेसम्मकै उच्च बिन्दुमा : कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल माघ ८ गते बिहीबार माघ

आज २०८२ साल माघ ८ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ८ गते बिहीबार माघ